राहत पाउँदा छायाँनाथका पहिरोपीडित खुसी « Khabarhub

राहत पाउँदा छायाँनाथका पहिरोपीडित खुसी


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मुगु– गत असोजमा अविरल वर्षासँगै आएको बाढीपहिरो प्रभावित परिवारले राहत पाउँदा खुसी भएका छन् । बाढीपहिरोमा परी घर तथा खेतबारी गुमाएका छायाँनाथ रारा नगरपालिका-८ का पीडित परिवारले आज राहत पाउँदा खुसी भएका हुन् ।

टेवा नेपाल काठमाडौँको आर्थिक सहयोग र महिला अधिकार केन्द्र मुगुको समन्वयमा पीडित ३० परिवारलाई प्रतिघर ३० केजी चामल, दुई केजी दाल, एक पाकेट नून, डसना, फाइबर सिरक र तन्नालगायतका सामाग्री वितरण गरिएको महिला अधिकार केन्द्र मुगुका अध्यक्ष सुकमाया शाहीले जानकारी दिए ।

माघको जाडोमा खाद्यान्न र न्यानो ओढ्नेओछ्याउने कपडा पाएपछि विष्टवाडा गाउँका स्थानीय खुसी छन् । ‘गत असोज १८ देखि २३ सम्म परेको अविरल वर्षाका कारण गाउँमा कसैका घर भत्किए, कसैका चर्किए, खेतगरामा पाक्न लागेका अन्न सबै बगायो । त्यस बेलादेखि घर बाहिर नै बस्दै आएका छौँ’, स्थानीय लोकबहादुर विष्टले भने ।

उनका अनुसार छिमेकी तथा नगरपालिकाले गरेको सहयोगमा जीविकोपार्जन गर्दै आएका स्थानीयले आज न्यानो कपडा र खाद्यान्न राहत पाएका हुन् । स्थानीय रमिला रावलले ठुलो परिवारलाई जीविकोपार्जनमा समस्या भएको भन्दै सरकारले घर निर्माणमा सहयोग गर्नुपर्ने बताए ।

छायाँनाथ राराका बासिन्दा मात्र होइन जिल्लाभरिका बाढीपहिरो पीडित परिवार सरकारले घर निर्माण तथा गरा सुधारमा सहयोग गर्नुपर्ने बताउँछन् ।सरकारले मुगु लगायत साविक कर्णालीलाई संकटग्रस्त जिल्ला घोषणा गरी पुनर्निर्माणका लागि पीडित परिवारको तथ्यांक संकलन गरिरहेको वडा नं ८ का वडाअध्यक्ष कर्णबहादुर रावलले बताए ।

उनले तथ्यांक संकलन गर्ने नगरपालिकाका कर्मचारीहरूलाई क्षति र हालको अवस्थाबारे वास्तविक तथ्यांक उपलब्ध गराउन पीडित परिवारलाई आग्रह गरे । वर्षासँगै आएको बाढीपहिरोले यहाँका चार वटै पालिकामा करोडौँको क्षति पुर्‍याउनुका साथै आठ जनाको ज्यान समेत गएको थियो । 

जग्गा मात्र बगाएका परिवार घरमा फर्किए पनि घरजग्गा दुवै गुमाएका परिवार भने अहिले पनि खुला चौरमा पालभित्र बस्दै आएका छन् । 

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ३ : ३६ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको