परराष्ट्र मन्त्री पौड्यालले श्रीलंका का प्रधानमन्त्रीसँग भेट गर्दै « Khabarhub

परराष्ट्र मन्त्री पौड्यालले श्रीलंका का प्रधानमन्त्रीसँग भेट गर्दै


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रीलंका भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले आज उच्चस्तरीय भेटघाट गर्दै छिन् । श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन त्यहाँ पुगेका उनले आज साँझ श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्ने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौडेलले श्रीलंकाका विदेशमन्त्री अली सब्रिसँग भेट गर्नेछिन् ।

भेटवार्तापछि उनी श्रीलंकाको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन् । भोलि बिहान श्रीलंकाको स्वतन्त्र दिवसको अवसरमा आयोजित समारोह एवं परेड कार्यक्रममा परराष्ट्रमन्त्री डा. पौड्याल सहभागी हुने कार्यक्रम छ । 

कार्यक्रम सकिएपछि दिउँसो श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेट गर्नेछन् ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ४ : १३ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई