नापी र मालपोत कार्यालय उद्घाटन भएदेखि नै बन्द | Khabarhub Khabarhub

नापी र मालपोत कार्यालय उद्घाटन भएदेखि नै बन्द


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– रुकुम पश्चिमको आठबीसकोट-९ मा मालपोत र नापी कार्यालय स्थापना हुँदा थपिएको उत्साह अहिले निराशामा बदलिएको छ । कार्यालय स्थापना भएको चार महिनादेखि ठुलो ताल्चाले कार्यालयलाई स्वागत गरिरहेको छ ।

कार्यालय असोज १० गते उद्घाटन मात्र खुलेको त्यस यता पुरै समय बन्द भएपछि सेवाग्राहीको उत्साह निराशामा बदलिएको हो । 

जिल्लाको आठबीसकोट र बाँफीकोटका केही क्षेत्रलाई आधार मानेर कार्यालयमा साइनबोर्ड झुड्याएको छ । उक्त कार्यालय सञ्चालनका लागि केन्द्रबाट न कुनै पत्र आएको छ न त बजेट नै मालपोत कार्यालय रुकुमपश्चिमका कार्यालयका प्रमुख ओमबहादुर केसीले बताए ।

दैनिक सेवा लिन सर्वसाधारणहरू आउने गरेपनि बन्द भएको कार्यालय हेरेर फर्कने गरेको स्थानीय कमल शाहले बताए । अहिले यहाँ तोकिएका कर्मचारीहरु सदरमुकाममा फर्किएका छन् । 

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ६ : २१ बजे

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने