विद्यालय शिक्षालाई रुपान्तरणको बाटोमा लैजानेछाैँ : मन्त्री खनाल | Khabarhub Khabarhub

विद्यालय शिक्षालाई रुपान्तरणको बाटोमा लैजानेछाैँ : मन्त्री खनाल


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले संसद्मा रोकिएको शिक्षा ऐन अगाडि बढाउने बताएका छन्। गोदावरी नगरपालिका–११ बज्रबाराहीस्थित ज्योतिदय सहकारी माध्यमिक विद्यालयको रजत जयन्ती समारोहमा मन्त्री खनालले विद्यालय शिक्षालाई रुपान्तरणको बाटोमा लैजाने गरी संसद्मा रोकिएको शिक्षा ऐन अगाडि बढाउने बताएका हुन् । ।

“ संविधानको परिकल्पना अनुसार हामीले विद्यालय शिक्षालाई रुपान्तरणको बाटोमा लैजाने गरी काम गर्नु आवश्यक छ”, मन्त्री खनालले भने । उनले अहिलेको शिक्षा पद्धतिले वर्ग विभाजन गरेको छ भन्दै यसलाई हामीले बेलैमा ध्यान दिएर सबैलाई समानरुपले शिक्षा हासिल गर्न पाउने वातावरण सृजना गर्नुपर्ने बताए । सार्वजनिक, नीजि र शैक्षिक गुठीबाट सञ्चालित तीनैथरी विद्यालयलाई एउटै दृष्टिबाट हेर्ने परम्पराको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।

सांसद उदय शम्शेर राणाले शिक्षा क्षेत्रको विकासमा व्यक्ति र पार्टीगतरुपमा सकरात्मक भूमिका निर्वाह गर्ने बताए। सांसद राणाले भने, “निजी, सरकारी र शैक्षिक गुठीमार्फत सञ्चालित विद्यालयलाई एउटै आधारमा हेरिनु हुँदैन, सरकारी र शैक्षिक गुठीमार्फत सञ्चालन भएका विद्यालयलाई मिलाएर मापदण्ड कायम गर्नु जरुरी छ । सरकारी अनुदानको व्यवस्था हुनु आवश्यक छ ।”

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ८ : ३६ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन

आज २०८२ साल भदौ २९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी