नेपालकाे हवाई क्षेत्र सुरक्षित र भरपर्दो भएकाे दाबी | Khabarhub Khabarhub

नेपालकाे हवाई क्षेत्र सुरक्षित र भरपर्दो भएकाे दाबी


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुलुकको हवाई क्षेत्र सुरक्षित र भरपर्दो तुल्याउन सबै संयन्त्र सक्रिय ढङ्गले लागिपरेकाले यो क्षेत्रप्रति विश्वस्त रहन विज्ञ सरोकारवालाले बताएका छन् ।

वायुसेवा सञ्चालक सङ्घले ‘हवाई क्षेत्रमा देखिएका समसामयिक विषय’ मा आयोजना गरेको अन्तरक्रियामा वक्ताले हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन सबैखाले प्रयत्न गरिएको उल्लेख गरे ।

सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको हवाई क्षेत्र सुरक्षित रहेको भन्दै केही भवितव्यका रूपमा हुने दुर्घटनालाई लिएर समग्र हवाई सेवा असुरक्षित रहेको सन्देश प्रवाह नगर्न अनुरोध गरे । उनले भने “नेपालको ‘एभिएसन सेक्टर’ धेरै सुरक्षित छ । हवाई दुर्घटना न्यूनीकरणका लागि नियामक र एयरलाइन्स अपरेटर उत्तिकै जिम्मेवार भएर लागेका छन् । एभिएसन सेफ्टी र सेक्युरिटीमा कुनै कसर बाँकी राखिएको छैन ।”

क्याप्टेन थापाले नेपालको हवाई क्षेत्र देशको अर्थतन्त्रको धरोहर रहेको र पर्यटन विकास समेतमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । उनले विश्वकै सुरक्षित यातायातको रूपमा लिइने हवाई यातायातलाई सुरक्षित र मजबुद तुल्याउन सबै संयन्त्रले सक्रियतापूर्वक काम गरिरहेको विश्वास व्यक्त गरे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उडान सञ्चालन विभागका निर्देशक श्यामकिशोर साहले हवाई यातायातलाई सुरक्षित र विश्वसनीय तुल्याउन संस्थागत क्षमता अभिवृद्धि र पाइलटलाई आवश्यक तालिमको जरुरी रहेको उल्लेख गरे । उनले हवाई यात्रा तुलनात्मकरूपमा बढी सुरक्षित रहने भएकाले यो क्षेत्रप्रति नकारात्मक टीकाटिप्पणी गर्न नहुने तर्क गरे ।

हवाई इन्जिनियरिङ क्षेत्रका जानकार मेघेन्द्रकुमार श्रेष्ठले सुरक्षित हवाई उडानका लागि अनेकन प्रयास गर्दा पनि दुर्घटना दर बढ्नु आश्चर्यको विषय भएको बताए । उनले कुनै पनि जहाज पुरानो भएर वा अन्य प्राविधिक खराबीले मात्रै दुर्घटनाको जोखिम नरहेको भन्दै संस्थागत संरचनादेखि हरेक विषय हवाई सुरक्षासँग सरोकार राख्ने धारणा राखे । उनले भने, “जहाज थोत्रा भएर दुर्घटना हुने होइन । जहाज उडानयोग्य छ कि छैन त्यो जहाजको आयुमा निर्धारण हुँदैन, इन्जिन, उपकरण, पार्टपुर्जा समय समयमा फेर्ने, मर्मतको काम निरन्तर भइरहेको हुन्छ । त्यसैले दुर्घटना शून्य भन्ने हुँदैन जोखिम पनि शून्य भन्ने हुँदैन तर जोखिम घटाउन सबैखाले प्रयत्न भइरहेको हुन्छ ।”

क्याप्टेन विनोद पुरीले हवाई दुर्घटनामा कुनै एउटा पक्षलाई मात्र दोष दिएर नहुने भन्दै यो प्रक्रियामा सबै प्रणालीको कतै न कतै भूमिका रहने बताए । उनले हवाई सुरक्षालाई बलियो र भरपर्दो बनाउन यो क्षेत्रमा संलग्न सबै सरोकारवाला उत्तिकै जिम्मेवार बन्नुपर्नेमा जोड दिए । सङ्घका महासचिव मनोज कार्कीले सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै पनि अचानक दुर्घटना हुने गरेको भन्दै सम्भावित जोखिम न्यूनीकरणका लागि अपरेटरले के कस्ता काम गरिरहेका छन् भनेर अभिमुखीकरण गराउने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ९ : २२ बजे

संसद गालीगलौच र भ्रामक बहसमा दौडने मैदान बन्यो : मीन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले संसदलाई मर्यादित, व्यवस्थित, तथ्यपरक

उत्तरी गाजा छाड्न प्लेस्टाइनीलाई इजरायलको चेतावनी

इजरायल – इजरायलले गाजा सहर र जाबालियामा रहेका प्यालेस्टाइनीलाई उक्त

आज संसद दिवस मनाइँदै

काठमाडौं– मुलुकमा पहिलोपटक जननिर्वाचित संसद बैठक बसेको दिनको स्मरणमा सोमबार

पहिरोले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी– गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध भएको छ । आइतबार राति

पाँच शिक्षकलाई ‘स्टार टिचर अवार्ड’

ताप्लेजुङ– ताप्लेजुङमा कार्यरत १३ शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक