उचित मूल्य नपाएको भन्दै किसानले सडकमा तरकारी फाले | Khabarhub Khabarhub

उचित मूल्य नपाएको भन्दै किसानले सडकमा तरकारी फाले


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उचित मूल्य नपाएपछि यहाँका कृषकले सडकमा तरकारी फालेर प्रदर्शन गरेका छन् । आयातित तरकारीका कारण घाटा खाएर बिक्री गर्नुपरेको भन्दै यहाँका कृषकले आज सडकमा तरकारी फालेका हुन् ।

किसान संघर्ष समितिमार्फत नारायणगढको पुलचोकमा तरकारी पोखेर प्रदर्शन गरिएको हो । किसानले घ्युउ सीमी, गोलभेडा, फर्सी, गाजर, काउली, बन्दा लगायतका तरकारी सडकमा फ्याकेर प्रदर्शन गरेका थिए ।

संघर्ष समितिका संयोजक लेखनाथ भुसालले आयात नरोकिँदा यहाँ उत्पादित तरकारीले उचित मूल्य पाउन नसकेको बताए । जिल्लामा एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरिँदै आएपनि भारतीय तरकारीका कारण स्थानीय उत्पादन न्यून मूल्यमा बिक्री गर्नुपरिरहेको बताए।

“सङ्घीय, प्रादेशिक र स्थानीय सरकारसँग आयात रोक्न आग्रह गरेपनि सुनुवाइ हुन सकेको छैन”, उनले भने ।

चितवनमा दैनिक तीन सय टन तरकारी उत्पादन हुँदै आएको छ । पाँच विघाभन्दा बढी जग्गामा तरकारी खेती गर्ने किसान एक सय जना र एक बिघाभन्दा बढीमा गर्ने झण्डै तीन सय जना रहेको भुसालल जानकारी दिए । यहाँ उत्पादित तरकारी चितवन, काठमाडौँ, पोखरा, बुटवललगायत सहरमा खपत हुँदै आएको छ ।

“हाम्रो आवाज राज्यले नसुन्दा सडकमा तरकारी फ्याकेर आन्दोलन गर्नुपरेको छ”, तरकारी किसान अविन्द्र सुवेदीले भने । कृषकले पुलचोकस्थित सडकमा पाँच ट्याक्टर तरकारी फ्याँकेर विरोध प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ९ : ४६ बजे

२० वर्षदेखि विदेशी मुद्राको अवैध सटही : पोखराबाट तीन जना पक्राउ

कास्की- विदेशी विनिमय कारोबारमा अवैध संलग्न रहेको अभियोगमा तीन जनालाई

शिक्षा समितिमा मिडिया काउन्सिल विधेयकमाथि विज्ञसँग छलफल

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मिडिया

बुद्ध शिक्षामार्फत कूटनीति र शान्तिमा नयाँ आयाम ल्याउन सकिन्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यावहारिक कूटनीतिक

जनअपेक्षाअनुसार ऊर्जा विकासमा अग्रसर हुन मन्त्री खड्काको आह्वान

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनअपेक्षा अनुरूप विद्युत् विकासलाई

स्थानीय तहको खाता खोल्न राष्ट्र बैंकको स्वीकृति नचाहिने

काठमाडौं– स्थानीय तहको बैंक खाता खोल्न नेपाल राष्ट्र बैंकको स्वीकृति