माधव नेपालसँगको भेटबारे के भन्छन् मन्त्री श्रेष्ठ ? « Khabarhub

माधव नेपालसँगको भेटबारे के भन्छन् मन्त्री श्रेष्ठ ?


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भेट गरेका छन्।

आलोकनगरस्थित पार्टी कार्यालयमा पुगेर श्रेष्ठले अध्यक्ष नेपालसँग भेट गरेका हुन् । एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) का दुई पार्टीबीच एकताका लागि अहिलेसम्म भइरहेका गृहकार्यका साथै पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा दुई नेताबीच छलफल भएको थियो ।

दुवै दलले एकापसमा एकताका लागि प्रक्रिया अगाडि बढाउन कार्यदल गठन गरी छलफल गरिरहेकामा सैद्धान्तिक पक्षमा देखिएका अन्योलतालाई के कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको श्रेष्ठले जानकारी दिए ।

पार्टीका उपमहासचिव डा विजय पौडेल नेतृत्वको टोलीले उपप्रधानमन्त्रीश्रेष्ठलाई आजै पेरिसडाँडामा भेटवार्ता गरेपछि अध्यक्ष नेपाल र नेता श्रेष्ठको भेटवार्ताको वातावरण मिलाइएको थियो ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १० : ४९ बजे

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र

ग्रोकमाथि ईयूको अनुसन्धान

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले