राष्ट्रपति निर्वाचन : बागमती प्रदेशसभाका सांसदलाई अभिमुखीकरण आज « Khabarhub

राष्ट्रपति निर्वाचन : बागमती प्रदेशसभाका सांसदलाई अभिमुखीकरण आज


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी राष्ट्रपति निर्वाचनका सन्दर्भमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदका लागि आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आज बागमती प्रदेशसभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ ।

यही फागुन २५ गते हुने निर्वाचनमा पूर्व सभामुख पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहेको ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको छ ।

संयन्त्रको निर्णयबमोजिम बागमती प्रदेशका आठवटै राजनैतिक दलका प्रदेशसभा सदस्यका लागि आज दिउँसो १ बजे आनन्द इभेन्ट, नयाँ वानेश्वरमा अभिमुखीकरण कार्यक्रम गरिने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

यस बाहेक सबै प्रदेशमा सोहीअनुसारको राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम हुने कांग्रेसले जनाएको छ । यसअघि आठ दलले संघीय राजधानी काठमाडौँमा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका आफ्ना सांसदका लागि शीर्ष नेताको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ६ : ५५ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला