सहिद स्मारक ए डिभिजन लिग आज सुरु हुँदै « Khabarhub

सहिद स्मारक ए डिभिजन लिग आज सुरु हुँदै


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिग फुटबल आज सुरु हुँदै छ। लिगको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गर्नेछन् । दिउँसो साढे ४ बजे सुरु हुने समारोहमा विभिन्न सेलिब्रेटीहरुको प्रस्तुति र विभिन्न राजनीतिज्ञ तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको सहभागिता रहनेछ ।

बेलुकी ५ : ३० बजे एफसी खुमलटारले फ्रेन्ड्स क्लबसँग दशरथ रंगशालामा लिग सुरु गर्नेछ । डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइने लिगका केही खेलहरु च्यासल रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा पनि हुनेछन् । खेलहरू स्पेस फोर के टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछन् ।

गत पुस १४ गते बसेको एन्फा र १४ वटा ‘ए’ डिभिजन क्लबबीचको बैठकले फागुन १९ गते  लिग सुरु गर्ने सहमति गरेका थिए । लिगमा संकटा क्लब , नेपाल पुलिस क्लब, सातदोबाटो युथ क्लब, त्रिभुवन आर्मी, एनआरटी, जाउलाखेल युथ क्लब, मनाङ मर्स्याङ्दी, थ्रीस्टार, खुमलटार, चर्च ब्वाइजलगायतका टिमबीच यसपटक भिडन्त हुनेछ  ।

लिगको तयारी खर्च २५ लाख रुपैयाँ दिने निर्णय भएअनुसार एन्फाले यसअघि नै क्लबलाई अनुदान दिइसकेको छ । यसपटक लिगको विजेतालाई ७५ लाख, उपविजेतालाई ५० लाख र तेस्रो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ७ : ०८ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको