गरिबलाई लुटेर लघुवित्त मोटाउन थालेको भन्दै ऋणीहरू आन्दोलनमा « Khabarhub

गरिबलाई लुटेर लघुवित्त मोटाउन थालेको भन्दै ऋणीहरू आन्दोलनमा


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बारामा लघुवित्त संस्थाबाट पीडित भएकाहरूले लघुवित्त संस्थाको ज्यादतीविरुद्ध आन्दोलन थालेका छन् ।

लघुवित्तको चर्को व्याजका कारण उठिबास लाग्न थालेपछि बाराका विभिन्न स्थानका पीडितहरू लघुवित्त संस्थाकोबिरुद्धमा विरोध प्रदर्शन गर्न थालेका हुन् ।

एकै व्यक्तिलाई १५ वटासम्म लघुवित्तले लगानी गरेका कारण पैसा तिर्न नसकेका पीडितहरू भेला भएर विरोधमा उत्रिएका हुन्। लघुवित्तले घरमै आएर धाकधम्की दिन थालेपछि पीडितहरू संगठित हुन बाध्य भएका हुन् । उनीहरूले ‘लघुवित्त संस्था खारेज गर, ऋणी मार्ने काम बन्द गर’जस्ता नारा लगाएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-२ सिमराकी कमला पौडेलले अहिलेसम्म ९ वटा लघुवित्त संस्थाबाट ऋण लिएकी छन् । उनले १ लाखको ऋण लिदा लघुवित्त संस्थाले ब्याजसहित ५ लाखसम्म असुल्ने गरेको बताएकी छन् । आफूले पटक-पटक किस्ता तिरे पनि साँवा रकम नघटेको उनी बताउँछिन् ।

समूह र बचत अनुसार लघुवित्तले १ देखि ५ लाखसम्म ऋण दिने गर्छ । १ लाख ऋण लिँदा बिमा, आपत्कालीन र सेवा शुल्क भनेर १० हजार काट्छन् । ऋणीको हातमा ९० हजार पर्छ । अर्का लघुवित्तबाट पीडित जीतपुरकी राम कोशिला देवीले रुँदै भनिन्,’मेरो छोराले लिएको ऋण तिरे पनि बैंकले घरमा आएर गाडी लिएर गएको सुनाइन्।

बारामा लघुवित्तबाट लिएको ऋणको साँवा र ब्याज तिर्न नसकेर घर छाडेर भाग्नेको सङ्ख्या हजारौँ पुगेको छ । लघुवित्त र सहकारीको ऋण मिटर ब्याज जस्तै छ । बैंकले कम ब्याजदरमा ऋण लगानी गरे पनि त्यसमा सर्वसाधारणको पहुँच छैन । प्रक्रिया नै झन्झटिलो छ । त्यसैले सर्वसाधारणले लघुवित्तबाट ऋण लिने गरेका छन् ।

जीतपुर सिमरा उपमहानगरपालिकाको माना विश्वकर्मा पनि यती बेला आधा दर्जन लघुवित्तको पासोमा परेकी छन् । एक वर्ष पहिला लिएको ऋण तिर्न नसकेपछि अहिले उनले दिनकै लघुवित्तका कर्मचारीको गाली सुन्नु परेको छ । आफ्नो नाममा एक धुरसमेत जमिन नभएकी मना ऐलानी जग्गामा बस्दै आएकी छन् । उनी कहिले लेबर काम गर्छिन् भने कहिले सदरमुकाम कलैया र नयाँ बस्तीमा  दाउरा बेच्छिन् । लघुवित्तबाट कर्मचारी घरमा आउँदा जसरी भए पनि पैसा तिर्न मानसिक तनाव दिने गरेको उनले बताइन् ।

पैसाको अभावमा पिल्सिएका गरिब नागरिकसँग ऋणबारे सचेतना छैन । राज्य र वित्तीय निकायहरू यस्ता सचेतना अभियान चलाउँदैनन् । अनुत्पादनशील क्षेत्रमा ऋणको दुरुपयोग भइरहेको छ । अत्यावश्यक अवस्थामा मानिसले पाएको ऋण लिन्छन् तर उनीहरूसँग फिर्ता गर्ने उपाय र तरिका थाहा नहुँदा समस्यामा पर्ने गरेको लघुवित्त संस्था ज्यादतीविरुद्ध गठित सङ्घर्ष समितिका संयोजक कमलेश साह बताउँछन् ।

छिटो–छिटो ब्याज समेत सावाँमा जोडिँदै गएपछि आफ्नो ऋण कति पुग्यो भन्ने नै थाहा हुन छाड्छ । ‘ब्याज पनि सावाँमा जोड्यो भन्छन् ‘ऋण कति पुग्यो भन्नेबारे ऋणीहरूलाई थाहा नै हुँदैन ।’ उनले भने।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ८ : ११ बजे

एउटा कर्मचारीको भरमा बलेवा विमानस्थल

बागलुङ– बागलुङको बलेवा विमानस्थलमा २०७५ सालयता कुनै पनि जहाज आउन

मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार, ६२ करोड ८२ लाख बढीको बिक्री

मुस्ताङ– मुस्ताङको पाँच स्थानीय तहमा ६२ करोड ८२ लाख ३५

नेपाल भारत-सांस्कृतिक सम्बन्धको अटुट आधार

नेपाल र भारतबीच परम्परागत एवं बहु आयामिक सम्बन्ध रहिआएको छ

रसुवाको चिलिमे तातोपानीमा स्नान गर्नेको घुइँचो

रसुवा– रसुवास्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा

भोजपुरको सुक्खा क्षेत्रमा तीनवटा पोखरी निर्माण

भोजपुर– पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा निर्माण गरिएका तीनवटा सिँचाइ पोखरी सञ्चालनमा