गणितीय हिसाबले गठबन्धन महत्त्वपूर्ण छ « Khabarhub

गणितीय हिसाबले गठबन्धन महत्त्वपूर्ण छ

सबैलाई समेटेर अगाडि बढ्नु कांग्रेसको दायित्त्व हो


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

देशका समस्या र जनताका दुःख धेरै छन्। तर राजनीतिक दल समीकरण बदलिरहेका छन्। प्रधानमन्त्री बन्नका निमित्त र राष्ट्रपति चुन्नको निमित्त गठबन्धन बन्ने र भत्किने भइराखेको छ। पुस १० मा बनेको समीकरण फागुन १२ नपुग्दै टुंगिदै छ। त्यो के का निमित्त बनेको थियो ? समीकरण कसका निमित्त टुंगियो र अहिले समीकरण केका निमित्त बन्दै छ ? जनताका दुःख राष्ट्रका दुःखसँग त्यो समीकरणको सम्बन्ध छ कि छैन ? आखिर राजनीतिमा अहिले के भइराखेको छ ? यी र यस्तै विषयमा आधारित रहेर नेपाली कांग्रेसका नेता शोभाकर पराजुलीसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंशः

नेपालका खोला नालामा ढोक्सा थाप्यो भने माछा पर्छ वा पर्दैन थाहा हुँदैन। कांग्रेसको ढोक्सामा त ठूलो माछा पर्यो होइन ?
अहिलेको राजनीतिक प्रकार अनुसार त्यो भन्न सकिन्छ। त्यसलाई इन्कार गर्न सकिन्न। राजनीति, विकासमा अंक गणितीय खेल हुने रहेछ। त्यो भइराखेको छ। राष्ट्रका समस्या जनताका समस्या आइरहेका छन्। त्यसको समाधानतर्फ सरकार र जन प्रतिनिधित्वहरू दत्तचित्त भएर लागि दिए हुन्थ्यो भन्ने छ। नेपाली जनताले गत आम निर्वाचनमा ठूलो राजनीतिक दलको रूपमा स्थापित गरेको दल हो नेपाली कांग्रेस। विविध कारणले गत निर्वाचनमा नेतृत्व लिने इच्छा पनि स्वाभाविक थियो। स्पष्ट बहुमत नपुगेको कारण समीकरण हुन सकेन। पुस १० को गठबन्धन टुटाउन हामीले प्रयत्न गरेको होइन।

रामचन्द्र पौडेल राष्ट्रपति बन्ने पक्का हो ?
प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदले मत दिने भएपछि त्यो स्वाभाविक रूपमा बहुमत रहेको छ। त्यस कारण त्यसमा सोच विचारको कुरा नै छैन। संविधानभित्र रहेर हुने निर्वाचनमा बहुमत जसले पुर्याएको हुन्छ उही राष्ट्रपति बन्छ। अहिले आठ दलको समर्थन भएकाले कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्ने सम्भावना बलियो छ।

राष्ट्रपति आफ्नो ल्याउने र प्रधानमन्त्रीमा जाने प्रयास गर्नुपर्छ राजनीतिक धर्म नै त्यही हो ?
त्यो होइन। त्यसरी जाँदा जनताबाट खस्किने अवस्था आउनसक्छ। जनताको चिन्ता नगरेर के गर्नु नै छ। जनताका सरोकारको विषय ध्यान दिएर काम गर्नुपर्ने हुन्छ। जनताबाट तिरस्कृत भएर होइन जनताको प्रिय भएर जनताको मनोभावना बुझ्नुपर्छ।

यो आठ दलीय समीकरण कति लामो समय जान्छ ?
पाँच वर्ष त जानु नै पर्छ।

कांग्रेस मुख्य सोच भनेको जसरी भए पनि प्रधानमन्त्री पदमा जाने होइन र ?
त्यो होइन। यो सबै भन्दा ठूलो राजनीतिक दलले अझ धेरै बुझ्नुपर्छ। यसमा हामी देशको भविष्य कसरी सुधार गर्न सकिन्छ त्यसतर्फ छलफल गरिराखेका छौँ। कांग्रेसले बोलेको कुरा जहिले पनि पुरा गरेको छ। त्यो विश्वसनीयतामा अडिग पार्टी कांग्रेस हो।

फागुन २५ अगाडि नै समीकरण फेरिएर तपाईंको दलले राष्ट्रपति नपाउने सम्भावना छैन ?
छैन। आठ राजनीति दलको निर्णय भएपछि बरु बढ्दै जाला तर अन्य पक्षको बारेमा सोच्नु पर्दैन जस्तो मलाई लाग्छ। सबै भन्दा ठूलो राजनीतिक दलले समर्थन गरेको व्यक्ति हो। यसमा अहिले धेरै शंका गर्नु आवश्यक हुँदैन। संविधान अनुसार अगाडि बढ्नु, संविधानको पालना गर्नुपर्छ। समीकरण बनाएर त्यसको पालना गर्न सक्नुपर्छ। लोकतन्त्र एउटा पारदर्शी र उज्यालो विषय हो। उज्यालोमा सबै क्रियाकलाप बाहिर देखिन्छन्। उज्यालोमा अपराध भएन भनेर अँध्यारो मनपर्छ भन्नु भन्दा उज्यालोको उपयोग गरेर त्यहाँका खराबीहरू हटाउनु उपयुक्त हुन्छ। यो पाँच वर्ष टिक्छ र टिकाउनुपर्छ। समाज गतिशील रूपमा विकसित भएर अगाडि बढ्नुपर्छ।

कांग्रेस सभामुख गुमाएर डेढ वर्ष प्रधानमन्त्री बस्न चाहनुको कारण के हो ?
सत्ता साझेदारी गरेर सरकारलाई अगाडि बढाउने कुरामा यो स्वाभाविक हो। अंक गणितीय रूपमा पनि यो महत्त्वपूर्ण छ। गठबन्धन गरेपछि केही लिने र दिने हुनुपर्छ। राष्ट्रपति र प्रधानमन्त्री को बन्ने भन्दा पनि ठूलो दलको हिसाबले अहिले सबैलाई समेटेर अगाडि बढ्नु कांग्रेसको दायित्व हो। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुतिः कुसुम गौतम

 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ९ : ४८ बजे

टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रजातन्त्र दिवस टुँडिखेलमा भव्य

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं– नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । यही

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं – बुधबार राति सर्लाहीको ईश्वरपुरमा भएको दुर्घटनामा दुई जनाको

राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली

उपराष्ट्रपति यादवद्वारा प्रजातन्त्र दिवसको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा