अन्ततः घिमिरे बालुवाटारस्थित सभामुख निवासमै सर्ने « Khabarhub

अन्ततः घिमिरे बालुवाटारस्थित सभामुख निवासमै सर्ने


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख देवराज घिमिरे बालुवाटारस्थित सरकारी भवनमा सर्ने भएका छन् ।

गत ५ माघमा सभामुख चयन भए पनि सभामुख निवास खाली नभएका कारण लोकन्थलीस्थित आफन्तको घरमा बस्दै आएका सभामुख घिमिरे मन्त्रीपरिषदको निर्णयसँगै बालुवाटारमा सर्ने भएका हुन्।

‘सोमवारको मन्त्रीपरिषद् बैठकले सभामुखको निवास स्थान पुरानै सभामुख निवास तय गरेको छ, आवश्यक प्रक्रिया पुरा गरेर रंगरोगनको काम सकिए पछि चाँडै नै सभामुख बालुवाटारस्थित सरकार निवासमा सर्नु हुनेछ, ’ घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले भने ।

सभामुखको सो निवासमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बस्दै आएका छन् । मन्त्रीपरिषद्को निर्णयसँगै राष्ट्रियसभा अध्यक्ष त्यहाँबाट कहाँ जाने भन्ने निर्क्यौल भइसकेको छैन। उनी अध्यक्षको पुरानै भवनमा बस्नेछन् वा यसअघि सभामुख अग्नि सापकोटा बसेको लैनचौर जानेछन् भन्ने टुंगिसकेको छैन ।

बालुवाटारमा प्रधानमन्त्री निवास भत्काएर नयाँ बनाउन थाले पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मुख्यसचिवले प्रयोग गर्दै आएको बालुवाटारस्थित सरकारी निवासमा सर्नु परेको थियो भने तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्ब्यवहारको आरोपमा थुनामा गएपछि रिक्त रहँदै आएको सो भवनमा राष्ट्रियसभा अध्यक्ष सरेका थिए । त्यसबेला राष्ट्रियसभा अध्यक्ष बसेको भवनमा मुख्य सचिवलाई सारिएको थियो ।

तर, महरा थुनापछि रिक्त रहेको भवनमा अध्यक्ष तिमिल्सना बसिरहेका कारण त्यसपछि निर्वाचित भएर आएका सभामुख अग्नि सापकोटा भने बालुवाटारस्थित सरकारी निवासमा नबसेर लैनचौरस्थित निवासमा बस्दै आएका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  १० : १० बजे

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज