विद्युत् प्राधिकरणको बाक्सिला सव-स्टेशन अलपत्र « Khabarhub

विद्युत् प्राधिकरणको बाक्सिला सव-स्टेशन अलपत्र


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला (सिमपानी)मा नेपाल विद्युत प्राधिकरणको निर्माणाधिन सव–स्टेशन अलपत्र परेको छ । भारतीय ठेकेदार कम्पनी एटुजेड इन्फ्रा इन्जियरिङ लिमिटेडले बुईपा–बाक्सिला प्रशारण लाईन, ट्रान्सफर्मर जडान गर्ने र सव–स्टेशन निर्माणको काम तीन वर्षमा सम्पन्न गर्नेगरी २०७३ साल भदौमा सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले बुईपा–बाक्सिला ३३ केभि र ११ केभि प्रशारण लाईनको काम पुरा गरे पनि ट्रान्सफर्मर थप गर्ने र सव–स्टेशन निर्माणको काम अलपत्र पारेको हो ।

सम्झौताअनुसार २०७६ सालमै बनिसक्नुपर्ने सव–स्टेशनको क्वाटर र कन्ट्रोल बिल्डिङको काम अधुरै छ । निर्माणस्थलमा सव–स्टेशनको विद्युतीय उपकरणहरु असरल्ल छरिएका छन् । खुला चौंरमा थुपारिएका कतिपय उपकरण टुटफुट र काम नलाग्ने अवस्थामा पुगेको अनुमान छ । कतिपय संरचनाको पिलर मात्र ठड्याइएको देखिन्छ । बिराटनगरमा रहेका ट्रान्सफर्मरहरु निर्माणस्थलमा लगिएकै छैन । सव–स्टेशनको बाँकी काम पुरा गर्नका लागि पटक–पटक विद्यूत प्राधिकरण पुग्दा पनि सुनुवाइ नभएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताए । सव–स्टेशन निर्माणमा ढिलासुस्ती हुँदा सेवाग्राही गुणस्तरिय विद्युत सेवाबाट बञ्चित छन् ।

केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उत्तरी क्षेत्रका सेवाग्राहीलाई लक्ष्यित गर्दै बाक्सिलामा सव–स्टेशन निर्माणको काम थालिएको थियो । बाँकी काम सम्पन्न हुँदासम्ममा आयोजनाको कुल खर्च करिब ११ करोड पुग्ने प्राधिकरणले जनाएको छ । सरासर काम गरे डेढ÷दुई महिनामै काम सकिने अवस्था छ तर निर्माण कम्पनीले काममा चासो नदेखाएको स्थानीयको गुनासो छ ।

सम्झौता म्यादभित्र सव–स्टेशन लगायतका संरचना निर्माणको काम नसकिएपछि भेरिएसन गर्दै पटक–पटक म्याद थप भएको छ । पटक–पटक पेटी ठेकेदार परिवर्तन हुँदा सव–स्टेशन र ट्रान्सफर्मर जडानको कामले गति लिन नसकेको नेपाल विद्युत प्राधिकरणको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना प्रमुख बोधराज ढकालले बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  १० : ५९ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर