पाँच जिल्लाबाट लागुऔषधसहित ८ जना पक्राउ « Khabarhub

पाँच जिल्लाबाट लागुऔषधसहित ८ जना पक्राउ


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशका विभिन्न स्थानबाट लागुऔषधसहित आठ जना पक्राउ परेका छन्। झापाको  झापा मेचीनगर नगरपालिका-६ बाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका गैरी गाउँ बस्ने २० वर्षीया सन्ध्या दर्जी र अर्जुनधारा नगरपालिका-११ बुट्टाबारी बस्ने ३६ वर्षीय सागर गिरी रहेका छन्। इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा सन्ध्याको साथबाट ३ ग्राम र सागरको साथबाट १ ग्राम ७ सय मिलिग्राम उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो।

बाँकेको कोहलपुर नगरपालिका-९ झण्डहवाबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ ४ ग्राम २६० मिलिग्राम र डिजिटल तराजु १ थानसहित सोही ठाउँ बस्ने ३७ वर्षीय मोहमद साईलाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे.१२ प ७७२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो।

कञ्चनपुरको पुनर्वास नगरपालिका-११ टाउके बजारस्थित नेपाल भारत सीमानाकाबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १८ ग्राम ३० मिलिग्रामसहित बेलौरी नगरपालिका-६ दुम्ली बस्ने ३५ वर्षीय उमेश सिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो।

बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ तिनकुने चोकबाट अवैध लागुऔषध गाँजा करिब १२ केजीसहित सोही उपमहानगरपालिका-२२ चकरी बस्ने २५ वर्षीय नरेश बमसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले ना.२ ह ४९५० नम्बरको अटोमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।

मकवानपुरको मनहरी गाउँपालिका-६ खैरधारीबाट अवैध लागुऔषध अफिम १ केजीसहित सोही ठाउँ बस्ने ४० वर्षीय  नरमान घिसिङलाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले घिसिङलाई उनकै भान्सा कोठामा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  १२ : १३ बजे

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

मोरङ– मोरङको सुन्दरहरैचामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ

एमाले महाधिवेशनस्थलमा प्रतिनिधिहरूको चहलपहल (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

रातभर लगाएर एमालेको महाधिवेशनस्थल तयार, प्रतिनिधिहरूको चहलपहल सुरु

भक्तपुर– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि रातभर लगाएर उद्घाटनस्थलको

महान्यायाधिवक्ता जोडिएको अवैध डिम्ब कारोबार प्रकरणले जन्माएका प्रश्न

काठमाडौं- नाबालिकाहरूको डिम्ब अवैध कारोबारको घटना बाहिरिएपछि इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रक्रियामाथि नै

एमाले बैठकमा नेताहरूबीच भनाभन : को एमाले विरोधी, को ओली विरोधी ?

काठमाडौं– नेकपा (एमाले) को शुक्रबार बसेको बैठकमा नेताहरूबीच भनाभन भएको