बेमौसमी तरकारी खेतीमा रमाए मांग्रीवासी  « Khabarhub

बेमौसमी तरकारी खेतीमा रमाए मांग्रीवासी 


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुमा पछिल्लो समय किसान बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका छन् । मौसमी तरकारी उत्पादन गर्दै आएका किसानहरू पछिल्लो समय आम्दानी बढी हुने देखेपछि बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।

बेमौसमी तरकारी खेतीमा उत्पादनमा वृद्धि र आर्थिक उपार्जनमा पनि राम्रो देखिएकाले मुगूम कार्मारोङ गाउँपालिकाका किसानहरू बेमौसमी तरकारी खेतीतर्फ आकर्षित देखिएका हुन् ।

सदरमुकामदेखि टाढा रहेका मह र मांग्री गाउँका महिलाहरू बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । आयातित तरकारीको भरमा परेका लामा समुदायका नागरिकहरू पछिल्लो समय सङ्घ संस्थाको आर्थिक सहयोगमा मौसमी र बेमौसमी तरकारी खेती गर्ने गरेका हुन् ।

मुगुम कार्मारोङ गाउँपालिका–७ र ८ का र्फ लामा समुदायका महिलाहरू तरकारी खेती गर्दै आत्मनिर्भर बन्दै गएका हुन् । युनाईटेड मिसन टू कलष्टर (युएमएन) मुगुको आर्थिक सहयोग र करानी सामुदायिक विकास केन्द्र (केसीडीसी) मुगुको समन्वयमा उनीहरूले तरकारी खेती गरेका हुन् ।

आफ्नो ग्रिन हाउसमार्फत बेमौसमी हरियो सागपात, धनियाँ, प्याज जस्ता तरकारी उत्पादन गर्दै आइरहेको मुगूम कार्मारोङ गाउँपालिका–८ का किसान छेवाङ साङमु लामाले बताइन् । उनका अनुसार महिलाहरू तरकारी खेतीबाट आत्मनिर्भर बनेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  १२ : २३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल