ग्रीक रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५७ पुग्यो « Khabarhub

ग्रीक रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५७ पुग्यो


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एथेन्स – मध्य ग्रीकमा गत मङ्गलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ । ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको सङ्ख्या ५७ पुगेको बिहीबार यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् ।

उनीहरुले सो दुर्घटनाका घाइतेहरुमध्ये बिहीबारसम्म थप केहीको मृत्यु भएको बताएका थिए । उक्त घटनामा यसअघि नै ३६ जनाको मृत्यु भएको बताइएको थियो । ती घाइते भएकाहरुमध्ये ६६ जना अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्ना भएका गम्भीर अवस्थामा रहेका थपको निधन भएपछि यसबाट ज्यान जानेको सङ्ख्या ५७ पुगेको अधिकारीहरले बिहीबार जानकारी दिएका हुन् ।

बिहीबार पनि सो दुर्घटनाका बारेमा जानकारी दिइएको थियो । त्यस क्रममा ग्रीकको अग्नि नियन्त्रक सेवाका अधिकारीले पत्रकार सम्मेलनमा यहाँको अग्नि नियन्त्रक सेवाका युनिटहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी र उद्धार कार्य गरेको जानकारी दिए ।

मध्य ग्रीकको टेम्पी नगरपालिकामा मङ्गलबार मध्यरातमा मालबाहक रेलमा ठोक्किएर दुर्घटना भएको यात्रुवाहक रेल ठक्करपछि रेलको अघिल्लो भाग आगोको लप्कामा फसेको थियो ।
यहाँको रेल सेवाका अधिकारीले दिएको जानकारीअनुसार उक्त यात्रुवाहक रेलमा तीन सय ४६ जना यात्रु सवार थिए । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको ग्रीक प्रहरीले जनाएको छ ।

ग्रीक प्रहरीका प्रवक्ताले अझै पनि सो दुर्घटनामा परेका ४८ जना घाइते अस्पतालमा रहेका छन् । ती घाइतेमध्ये छ जना गम्भीर अवस्थामा रहेका र उनीहरुको आइसियुमा उपचार भइरहेको छ । यहाँको अग्नि नियन्त्रक सेवाले शुक्रबारसम्ममा घाइतेको खोजी र सम्पूर्ण उद्धारको काम सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  १२ : २० बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज