युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले युवा आत्मनिर्भर र स्वावलम्बी भएमा आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।

राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनको संवाहक मानिने युवाको शक्तिलाई सकारात्मकरुपमा परिचालन गर्न परिषद्ले युवा केन्द्रित नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेको उनले बताए ।

प्रधामन्त्री दाहालले भनेका छन्, “परिषद्ले सरकारका विभिन्न निकायलाई आवश्यक नीति तथा कार्यक्रमको नमुना विकास गरी हस्तान्तरण गर्दै आएको छ ।” उनले शुभकामना सन्देशमा सीमित बजेट र स्रोतसाधनका बाबजुद स्थापना भएको परिषद्ले छोटो अवधिमा युवाको जागरण, सशक्तीकरण र नेतृत्व विकासका क्षेत्रमा सकारात्मक अगुवाइ गरिरहेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले युवाको बृहत्तर विकासका लागि परिषद्ले गरिरहेको सकारात्मक पहलको उच्च प्रशंसासमेत गर्नुभएको छ । “परिषद् सबै युवाको अभिभावकीय सरकारी संस्थाका युवाको बृहत्तरहित र राष्ट्र निर्माणको कार्यभारमा अझ प्रभावकारिताका साथ अगाडि बढ्नेछ”, उनले शुभाकामना सन्देशमा भनेका छन्।

यसैगरी परिषद्का अध्यक्ष सुरेन्द्र बस्नेतले समृद्ध राष्ट्र निर्माणको मेरुदण्डका रुपमा रहेका लागि युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउनुपर्ने बताए । उनले शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग, सीपलाई उत्पादन, रोजगारी र उद्यमशीलतासँगै जोड्दै युवा शक्तिलाई विकास र समृद्धिको अभिन्न अङ्ग बनाएर समाजवादोन्मुख राज्य प्रणाली निर्माण गर्नु आवश्यक छ भने । युवाको हकहित, युवा नेतृत्वको विकास गर्नका लागि सरकारले २०७२ फागुन १९ गते परिषद् स्थापना गरेको हो । अहिले परिषद्को प्रदेश, जिल्ला र स्थानीय तहमा संरचना छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  १२ : ३२ बजे

सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छाड्यो

काठमाडौं – नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर

विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख

विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश

पुस्तान्तरण भइसकेको राजनीतिमा पुरानाको पुनरागमन असम्भव : बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय

भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध