पिएनजीद्वारा नेपाललाई १८० रनको लक्ष्य « Khabarhub

पिएनजीद्वारा नेपाललाई १८० रनको लक्ष्य


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शुक्रबार भएको खेलमा पपुवा न्यूगिनी (पीएनजी) ले नेपाललाई १८० रनको चुनौती दिएको लक्ष्य दिएको छ । यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको पीएनजी चार बल बाँकी रहँदा नै अलआउट हुँदै १७९ रन जोडेको हो । 

पीएनजीका टोनी उराले सर्वाधिक ३९, हिरी हिरीले ३१ रन जोड्दा  जोड्दा किप्लिन डोरिगा २६ रनमा पभेलियन फर्किएका थिए । गउडी टोकाले १५ रन बनाएर बोल्ड आउट हुँदा नोर्मान भानुवाले १४ रन बनाए ।  कप्तान आसाद भाला र सेसे बाउले समान ११ रनको योगदान गरे ।

नेपालका सोमपाल कामीले २, दीपेन्द्रसिंह ऐरीले २, र सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले समान एक एक विकेट लिए ।
नेपालले केहीबेरमा जबाफी ब्याटिङ गर्नेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ३ : २३ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४