राज्यले दिने सेवा सुविधा नपाएको उपसभामुख रानाको गुनासो « Khabarhub

राज्यले दिने सेवा सुविधा नपाएको उपसभामुख रानाको गुनासो


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छन् । भ्रष्टाचारविरूद्ध सांसदहरूको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो गुनासो गरेकी हुन्।

राज्यको माथिल्लो निकायमा भ्रष्ट आचरण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद र अन्याय भएको भन्दै उपसभामुख रानाले त्यस्ता खालका गतिविधि सहन नसकिने बताएकी छन् ।

पुरूष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उनको भनाइ थियो। आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भीर नभएको उनको आरोप ।

उनले आफू सानो पार्टीबाट आएकाले राज्यबाट पाउने सेवा, सुविधामा विभेद गरेको हुन सक्ने बताएकी छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ४ : ४९ बजे

मेलुङमा बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन, ४० पालिका सहभागी 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका न्यायिक समितिको आयोजनामा सोमबार मेलुङको पवटीमा

जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा

प्रधानमन्त्री कप : त्रिभुवन आर्मी क्लब १३८ रनले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत  आज भएको खेलमा त्रिभुवन

मध्यम शक्ति बन्न अग्रसर पाकिस्तानको क्षेत्रीय कूटनीतिमा बढ्दो भूमिका

काठमाडौं- इरानसँग अमेरिका र इजरायलको बढ्दो द्वन्द्व तथा खाडी क्षेत्रको

निफमा ‘राजागंज’ सर्वोत्कृष्ट, नाजिर र सुरक्षाले जिते अवार्ड, नेपालबाट ‘गुन्यू चोलो’ले पायो अवार्ड

काठमाडौं- नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सर्वोत्कृष्ट