स्ववियु निर्वाचन कार्यक्रम अघि बढाउन अनेरास्ववियु क्रान्तिकारीको माग « Khabarhub

स्ववियु निर्वाचन कार्यक्रम अघि बढाउन अनेरास्ववियु क्रान्तिकारीको माग


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खोटाङ– अनेरास्ववियु (क्रान्तिकारी) स्ववियु निर्वाचन संयोजन तथा परिचालक समिति खोटाङले निर्वाचन कार्यक्रम अघि बढाउन दिक्तेल बहुमुखी क्याम्पससमक्ष माग गरेको छ । क्याम्पस प्रशासनलाई शुक्रबार ध्यानाकर्षण-पत्र बुझाउँदै अनेरास्ववियु क्रान्तिकारीले आगामी चैत ५ गते तोकिएको स्ववियु चुनावलाई महत्वपूर्ण अवसरको रुपमा लिँदै समयमै निर्वाचनको कार्यक्रम अघि बढाउन माग गरेको हो ।

त्रिभुवन विश्व विद्यालयले स्ववियु निर्वाचनको समय तालिका र निर्वाचनको कार्यक्रम तय गरिसकेको अवस्थामा सोही समय तालिकाअनुरूप निर्वाचन प्रक्रिया अगाडि बढाएर निर्वाचनको वातावरण बनाउन अनुरोध गरिएको अनेरास्ववियु क्रान्तिकारी स्ववियु निर्वाचन संयोजन तथा परिचालक समितिले जनाएको छ । 

अनेरास्ववियु क्रान्तिकारीले जिल्लामा क्रियाशील विद्यार्थी संघरसंगठनलाई समेत स्ववियु निर्वाचनका सन्दर्भमा गम्भीर तथा जिम्मेवार बन्न आग्रह गरेको छ । ‘आज स्वतन्त्र विद्यार्थी युनियनजस्तो विद्यार्थीको अधिकारलाई व्यवस्थित गर्ने निकायको निर्वाचन हुन नसक्दा सिंगो विद्यार्थी आन्दोलनको अस्तित्वमाथि नै संकट उत्पन्न हुँदै गएको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘मुलुकको ठूला ठूला राजनीतिक तथा सामाजिक परिवर्तनमा अहम भूमिका खेल्ने विद्यार्थी आन्दोलन कमजोर हुनु भनेको सिंगो मुलुक नै दिशाहीन हुने परिस्थितिको सुरुवात हुनु हो । यसप्रति सबै विद्यार्थी संगठनलाई जिम्मेवार हुन अनुरोध छ ।’

निर्वाचनलाई मर्यादित तथा व्यवस्थित गर्नका लागि अनेरास्ववियु क्रान्तिकारीले रविन खम्बूको संयोजक तथा डार्विन चाम्लिङ सह–संयोजक रहेको स्ववियु निर्वाचन संयोजन तथा परिचालन समिति गठन गरिसकेको छ । 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ४ : ५३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल