टी–सिरिजको फिल्ममा अल्लू अर्जुन « Khabarhub

टी–सिरिजको फिल्ममा अल्लू अर्जुन


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

मुम्बई– साउथ स्टार अल्लू अर्जुन बलिउडमा डेब्यू गर्ने खबरले केही समययता सामाजिक सन्जाल तातिरहेको छ ।

यसअघि उनी शाहरुख खानको फिल्म ‘जवान’मा अभिनय गर्ने चर्चा थियो, तर त्यो चर्चामै सीमित भयो । अल्लूले शाहरुखसँग सहकार्य चाहेनन् । अब भने अल्लूले निर्माता भूषण कुमार र ‘कविर सिंह’ निर्देशक सन्दीप रेड्डी बागासँग एक ठूलो बजेटको फिल्ममा हस्ताक्षर गरेका छन् ।

अल्लूसँग आधिकारिक रुपमा टी–सिरिजका मालिक निर्माता भूषण कुमार, प्रणय रेड्डी वांगा, सह–निर्माता शिव चानना र निर्देशक सन्दीपले सहकार्य गर्न लागेका हुन् ।

उनको नयाँ फिल्मको काम सन्दीपको फिल्म ‘स्पिरिट’को काम पुरा भएसँगै हुनेछ । ‘स्पिरिट’को निर्माण पनि टी-सिरिजले गर्दैछ । फिल्ममा प्रभास प्रमुख भूमिकामा छन् ।

फिल्मको नाम घोषणा गरिएको छैन । ‘पुष्पा’ फेम्ड अल्लूको नयाँ फिल्म ‘पुष्पा २’ सन् २०२३ मै रिलिज हुँदैछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ५ : १३ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने