पिएसजी र मोरक्कोका डिफेन्डर अशरफ हकिमीमाथि बलात्कारको आरोप « Khabarhub

पिएसजी र मोरक्कोका डिफेन्डर अशरफ हकिमीमाथि बलात्कारको आरोप


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रान्सको प्रसिद्ध फुटबल क्लब पेरिस सेन्ट जर्मेन पिएसजी र मोरक्कोका डिफेन्डर अशरफ हकिमीमाथि बलात्कारको आरोप लगाइएको फ्रान्सेली अभियोजनकर्ताले शुक्रबार बताएका छन् ।

हकिमीलाई २४ वर्षीया एक युवतीले लगाएको आरोपका सम्बन्धमा बिहीबार अभियोजकहरूले सोधपुछ गरेका थिए ।

उनी गत वर्ष कतारमा भएको विश्वकपको सेमिफाइनलमा मोरक्कोको ऐतिहासिक यात्राको महत्वपूर्ण खेलाडी रहेका थिए । उनले लामो समय स्पेनको रियल मड्रिडबाट पनि फुटबल खेलेका छन् ।

हकिमी शुक्रबार बिहान पिएसजीको प्रशिक्षणमा देखिएका थिए । एएफपीसँगको सम्पर्कमा क्लबले उनीविरूद्धको आरोपबारे कुनै प्रतिक्रिया दिएको छैन ।

हकीमीलाई आफ्नी श्रीमती र छोराछोरी छुट्टीमा टाढा रहेको बेला आफ्नो घर आउनका लागि ती युवतीलाई पैसा तिरेको आरोप लगाइएको छ ।

गत सोमबार हकिमी फ्रान्सको राजधानी पेरिसमा आयोजित फिफा बेस्ट अवार्ड समारोहमा देखा परेका थिए । उनलाई व्यवसायिक फुटबलरको लागि विश्वव्यापी प्रतिनिधि संगठन एफआईएफप्रो पुरुष वर्ष खेलाडीको रूपमा सम्मान गरिएको थियो ।

कतारमा सम्पन्न विश्वकप फुटबलमा उनी मोरक्काको फुटबल टोलीको महत्वपूर्ण खेलाडीका रूपमा देखिएका थिए । मोरक्को अरब संसारबाट विश्वकपको अन्तिम चारमा पुग्ने पहिलो राष्ट्र बनेको थियो ।

फ्रान्सको कानूनअनुसार अभियोग लाग्नुको अर्थ मुद्दा सुनुवाइमा जाने भन्ने छैन ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ६ : २१ बजे

नेपाली आईटी कम्पनीलाई ग्लोबल युनिकर्न बनाइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि

मुगुमा भारी वर्षासँगै हिमपात, जनजीवन कष्टकर बन्दै

मुगु– मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो

नाइजेरियामा सैन्य अखडामा आक्रमण विफल, ४८ लडाकु मारिएको सेनाको दाबी

एजेन्सी– नाइजेरियाली सेनाले देशको उत्तरपूर्वी क्षेत्रमा रहेका दुई सैन्य अखडामा

पृथ्वीराजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध

कुलेखानी जलाशय भरिँदै, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध

हेटौँडा– लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका