प्रेरणादायी महिलाहरूलाई एमाले अध्यक्ष ओलीद्वारा सम्मान « Khabarhub

प्रेरणादायी महिलाहरूलाई एमाले अध्यक्ष ओलीद्वारा सम्मान


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा मोतीदेवी स्मृति केन्द्रले प्रेरणादायी महिलाहरूलाई सम्मान गरेको छ ।  शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रेरणादायी महिलाहरूलाई सम्मान गरेका हुन् ।  समाजसेवी सावित्री थापा, शिक्षामा उल्लेखनीय भूमिका निर्वाह गर्ने निरकेशरी श्रेष्ठ, नृत्य क्षेत्रकी  वेटी बज्राचार्य, पर्वतारोहणमा लाक्पा फुटी शेर्पा, राजनीतिमा सुशीला श्रेष्ठ लगायतलाई सम्मान गरिएको हो । 

त्यस्तै ओलीले प्रेरणादायी महिलाहरू’ नामक पुस्तक लोकार्पण गरेका छन्  । पुस्तकमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने २४ महिलाका जीवनी उल्लेख छ । कार्यक्रममा एमाले अध्यक्ष ओलीले बिभिन्न साधना, सङ्कल्पबाट देशका लागि योगदान दिएका महिलाहरूको योगदानको चर्चा गरे । उनले संसारमा कुनै पनि कुरा असम्भव रहेको तर यसका लागि प्रयास आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा प्रेरणादायी महिलाहरूको विषयमा तयार गरिएको वृत्तचित्र सार्वजनिक गरिएको थियो । 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ६ : ३१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५