भ्रष्टाचारको अन्त्य गरी सुशासन स्थापित गर्ने सरकारको मुख्य लक्ष्य  « Khabarhub

भ्रष्टाचारको अन्त्य गरी सुशासन स्थापित गर्ने सरकारको मुख्य लक्ष्य 


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दोलखा– नेपाल सरकारका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको अन्त्य गरी देशमा सुशासन स्थापित गर्ने वर्तमान सरकारको मुख्य लक्ष्य रहेको बताएका छन् ।

मन्त्रालयका सचिवहरूसँग बैठक गरी प्रत्येक मन्त्रालयले एक महिनामा गर्ने, दुई महिनामा गर्ने, छ महिनामा गर्ने कामको पूर्व तयार पेस गरी सम्पन्न भएपछि प्रगति देखाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्देशन दिएको उपप्रधानमन्त्री  श्रेष्ठले बताए । 

नेपाल चेम्बर अफ कमर्स दोलखाको आयोजनामा भएको दोलखा महोत्सवको उद्घाटन  गर्दै उपप्रधानमन्त्री  श्रेष्ठले वर्तमान सरकारले भ्रष्टाचारको अन्त्य गरी देशमा सुशासन स्थापित गर्न मन्त्रालयका  सचिवदेखि  स्थानीयस्तरका कर्मचारीहरूलाई समेत सचेत गराउने अभियान चलाउने योजना बनाएको प्रस्ट पारे ।

राष्ट्रको स्वाधीनताका लागि राष्ट्रिय एकता बनाउने, संविधानको रक्षा गर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी परिवर्तनलाई विस्तार गरेर सामाजिक आर्थिक विकासमा परिणत गराउन वर्तमान सरकार लागिपर्ने उनले बताए । 

 ‘देशमा अर्थतन्त्रको अवस्था सन्तोषजनक छैन, व्यापार घाटामा छ यसका लागि अब हामीले उत्पादनमा वृद्धि गराएनौँ भने आर्थिक मन्दी मात्र नभई जीवनयापनमा समेत  समस्या सृजना हुनेछ’, उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले भने, ‘संघीय, प्रदेश र स्थानीय सरकारले जनमैत्री समयसापेक्ष उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक  भइसकेको छ ।’ 

कोभिडपछि व्यापार-व्यवसाय अझै लयमा नआएको र व्यापार-व्यवसाय लयमा फर्काई आर्थिक चहलपहल बढाउन महोत्सव गरिरहेको चेम्बर अफ कमर्स दोलखाका अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए। 

विसं २०७६ यता कोरोना महामारीका कारण व्यापार व्यवसाय अझै लयमा नआएको र खस्कँदो स्थितिलाई लयमा फर्काई आर्थिक चहलपहल बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको चेम्बर अफ कमर्स दोलखाका अध्यक्ष विष्णु श्रेष्ठले बताए । महोत्सव भव्य रुपमा प्रभावकारी बनाउने योजना रहेको समेत उनले बताए ।  

महोत्सवमा जिल्लाका विभिन्न जातजातिहरूको प्रतियोगितात्मक झाँकीहरू, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरूको प्रस्तुति, आर्थिक, कृषि, पशु, पर्यटन र जिल्लामा जलविद्युतको सम्भावनाका बारेमा बहस छलफल सुरु गरिएको छ ।

 महोत्सवमा अपर तामाकोसीको स्थानीयवासीको शेयर अभौतिकीकरण शिविर गर्ने, जिल्लास्तरीय खुल्ला एकल तथा सामूहिक नृत्य प्रतियोगिता हुने, पञ्चेबाजा तथा खैंजडी प्रतियोगिता गरिएको आयोजकले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ७ : ०९ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक