‘व्यवस्था फेरिए तर जनताको अवस्था फेरिएन’ « Khabarhub

‘व्यवस्था फेरिए तर जनताको अवस्था फेरिएन’


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा व्यवस्थाहरू फेरिए पनि जनताको अवस्था नफेरिएको बताएका छन् । आज बागलुङमा आयोजित राष्ट्रिय जनमोर्चाको सातौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले स्वार्थको राजनीतिले गर्दा नागरिकको अवस्था जस्ताको त्यस्तै रहेको बताए।

प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका केसीले सत्ताका लडाइँले जनता मारमा परिरहेको भन्दै लामो समय लडेर ल्याएको उपलब्धि विभिन्न शक्तिहरू सकाउने खेलमा लागेको बताए। गाउँमा बस्ने सर्वसाधारणलाई गणतन्त्र गएर लोकतन्त्र आएर केही फरक नै पार्न नसकेको अध्यक्ष केसीको भनाइ छ ।

‘प्रणाली फेरियो, राणा शासनको ठाउँमा राजा शासन आयो, पञ्चायती व्यवस्थाका ठाउँमा गणतन्त्र आयो, संघीयता आयो तर नेपाली जनताको अवस्थामा परिवर्तन आएन’, उनले भने ।

अध्यक्ष केसीले थपे, ‘यहाँको व्यवस्थापासँग किसानहरूलाई सोझासाझा जनतालाई त्योसँग सरोकार हुँदैन, मात्र उनीहरूलाई नुन के भाउमा पाइन्छ?, तेल के भाउमा पाइन्छ ?, छोराछोरीलाई स्कुल पठाउँदा कति ‘फी’ तिर्नुपर्छ ?, लत्ताकपडा चामल कसरी जोहो गर्नुपर्छ?, त्यो बेलाको समस्या छुन्छ ।’

राजनीति गर्नेहरूले देश र जनताको लागि नभई आफ्नो स्वार्थका लागि गर्ने गरेकाले आम नागरिकको जीवनमा परिवर्तन हुन नसकेको उनले दाबी गरे ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ७ : ५५ बजे

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुर पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका