ललितपुरलाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान सुरु « Khabarhub

ललितपुरलाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान सुरु


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुर जिल्लालाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान थालिएको छ । त्यस अनुसार महिला शशक्तीकरणको साथै ‘बालविवाहमुक्त देश निर्माणमा मेरो योगदान’ विषयमा शुक्रबार ललितपुरको सिद्धिपुरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । ११२ औं अन्तर्राष्टिय नारी दिवसको अवसरमा सिद्धिपुर सामुदायिक सिकाई केन्द्र (सीएलसी) र शान्ति शिक्षा अभियान नेपाल ललितपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

अभियन्ता एवं उतरी तथा दक्षिणी मोहडाबाट सगरमाथा आरोहण गर्न सफल पहिलो महिला पत्रकार सगरमाथा आरोही कल्पना महर्जनले पाँंच वर्षभित्र ललितपुर जिल्लालाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान अन्तर्गत कार्यक्रम सुरु भएको बताइन् । यो अघि स्कुलस्कुलमा कार्यक्रम गर्दै आएकोमा अवदेखि नगरपालिका, वडा, महिला समूह, सामुदायिक सिकाई केन्द्र ९सिएलसी० आदिसँंगको सहकार्यमा प्रत्येक महिना जिल्लाका फरकफरक ठाउँंहरुमा अन्तरक्रिया कार्यक्रम गर्दै अगाडि वढ्ने योजना उनले सुनाइन् ।

‘तीनवर्षभित्रमा हामी निशेषित बालविवाहमुक्त क्षेत्र घोषणा गर्दै पाँंचवर्षभित्रमा जिल्लालाई नै वालविवाहमुक्त जिल्लाको रुपमा अगाडि वढाउने अभियानमा छौं, कार्यक्रममा अभियन्ता महर्जनले सुनाइन् । यस अनुसार पहिलो कार्यक्रम सिद्धिपुरमा भएको उनले जनाइन् ।

कार्यक्रममा जिल्लालाई बालविवाहमुक्त जिल्ला घोषणामा आआफूले गर्न सकिने योगदानबारे चर्चा गरिएको थियो । कार्यक्रममा त्यस क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ८ : २२ बजे

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया