भोट माग्दै सबै सांसद र प्रदेशसभा सदस्यलाई पौडेलको पत्र « Khabarhub

भोट माग्दै सबै सांसद र प्रदेशसभा सदस्यलाई पौडेलको पत्र


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपति पदका साझा उम्मेदवार पूर्वसभामुख रामचन्द्र पौडेलले भोट माग्दै सबै सङ्घीय सांसद र प्रदेशसभा सदस्यलाई पत्र लेखेका छन् ।

यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा उनले आफूलाई मतदान गरी विजयी गराउन अपिल गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य तथा सातै प्रदेशका प्रदेशसभा सदस्यलाई पत्र पठाएका हुन् । “नेपालका सबै मानिसको नैसङ्र्गिक अधिकार स्थापनाका लागि मैले सानै उमेरदेखि सङ्घर्षको बेडा उठाउँदै आए । फलतः निर्दलीय निरङ्कुुश सत्तासँग म अलिकति पनि झुकिन र पञ्चायतको ३० वर्षे कार्यकालमा त्यसका आधा समय त मैले जेलमै बिताएको हुँ । बहुदलीय व्यवस्थाको पुनरागमन पछिका सत्ताका दिनमा पनि कही कतै नचुकिकन देश र जनताको उन्नति, राष्ट्रिय स्वाधिनता र अस्मिताको लागि निष्ठापूर्वक सकेको सेवा गर्दै आएको र आफ्नो छविमा कतै दाग लाग्न नदिने भरमग्दुर कोसिस गर्दै आएको छु”, उनले पत्रमा उल्लेख गरेका छन् ।

शान्ति वार्ताको क्रममा होस् वा संविधान निर्माण क्रममा होस् नेपाली जनताको मानवअधिकार, स्वतन्त्रता, दीगो शान्ति, आर्थिक सामाजिक न्याय र समुन्नतिलाई हृदयमा राखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने कुरालाई आफ्नो लक्ष्य र उद्देश्य बनाउँदै आएको पूर्वसभामुख पौडेलको भनाइ छ ।

आफू नेपालको वास्तविकतामा आधारित विकासको नमूना (मोडेल) अपनाउनुपर्छ भन्ने ठानेको गरेको उल्लेख गर्दै उनले बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चार गाउँगाउँमा पुगिसक्दा पनि त्यहाँबाट बसाइ सर्ने क्रम नरोकिएको र देशबाटै प्रतिभा र जनशक्तिको पलायन बढ्दै गएको अवस्थामा गाउँ गाउँमै रोजगारी र आम्दानीको अवस्था कसरी सिर्जना गर्ने भनेर चिन्तित रहेको बताएका छन् ।

राजनीतिक विचारधाराको द्वन्द्वमा अल्मलिन नपरोस् भनेर समाजवादको सार ‘निमुखालाई न्याय र विपन्नलाई आय’ सबैको साझा सिद्धान्त हुन सक्छ भनेर अपिल गर्दै नेता पौडेलले नेपाली जनतामा खुसियाली ल्याउने विकास हासिल गर्ने मुख्य आधार भनेकै स्थायित्व र सुशासन हो भन्ने आफ्नो अटल विश्वास रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ९ : ४७ बजे

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको

विपक्षको आपत्तिबीच सुनुवाइ समितिको बैठक सकियो, १ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको

नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनलगायत कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन

प्रस्तावित प्रधानन्यायाधीशको उजुरी अध्ययन गर्न समय माग्दै विपक्षी सांसद ‘फास्ट ट्र्याक’ को विरोध

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रियालाई

एमालेको प्रश्न: प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइमा किन हतारो ?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रस्तावित प्रधानन्यायाधीश