राष्ट्रपति निर्वाचन : तीन पार्टीसँग एमालेले माग्यो मत « Khabarhub

राष्ट्रपति निर्वाचन : तीन पार्टीसँग एमालेले माग्यो मत


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) ले राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै गर्दा आज थप तीन राजनीतिक दलसँग मत मागेको छ । एमालेले आज लोकतान्त्रिक समाजावादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग मत मागेको हो ।

ती पार्टीका कार्यालयमा गई एमालेले आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङलाई मत मागेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । राष्ट्रपतिका उम्मेदवार नेम्वाङसहित पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ्, सचिव योगेश भट्टराई, पोलिटब्यूरो सदस्य ठाकुर गैरसहितको टोली मत माग्नका लागि गएका थिए।

लोसपाका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष सिके रावतलाई भेटी उनीहरूले मत मागेका हुन् । बिहीबार पनि एमालेले राष्ट्रपतिका उम्मेदवार नेम्बाङलाई मत माग्नका लागि नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग मत मागेको थियो । यही फागुन १७ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई भेट गरी राष्ट्रपतिमा नेम्वाङलाई मत मागेका थिए ।

यसअघि एमालेले नेपाली कांग्रेस बाहेक अन्य दलसँग आफ्नो पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका नेम्वाङलाई मत माग्दै पत्राचार गरेको छ । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा एमालेका तर्फबाट नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेलको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ११ : ०१ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न