उपनिर्वाचनमा मनोनयन गर्दा के-के गर्न पाइँदैन? « Khabarhub

उपनिर्वाचनमा मनोनयन गर्दा के-के गर्न पाइँदैन?


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज हुने उम्मेदवारी मनोनयन गर्न जाँदा जुलुस प्रदर्शनदेखि झन्डामा समेत निषेध गरेको छ ।

चितवन–२, तनहुँ–१ र बारा–२ मा वैशाख १० गते हुन गइरहेको मतदानका लागि आज उम्मेदवारको मनोनयनका लागि समय तोकिएको छ। जहाँ मन्त्रीहरू जानसमेत निषेध गरिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम पौड्यालले प्रेस विज्ञप्ति जारी गर्दै सरकारी कर्मचारी पनि उम्मेदवारको मनोनयनमा जान नहुनेसहित १० बुँदे आचारसंहिता स्मरण गराएका हुन् ।  ‘नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले तत् तत् हैसियतमा रही उम्मेदवारको मनोनयनमा सहभागी हुन नहुने,’ आचारसंहितामा भनिएको छ, ‘उम्मेदवारको मनोनयन पत्र पेस गर्न जाँदा बाजा, गाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरीतका ब्यानर, चिन्ह र झन्डा सहित जान नहुने ।’

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ मा आयोगले संविधान र प्रचलित कानुनको अधीनमा रही दलले गर्ने काम कारबाही सञ्चालन गर्दा पालना गर्नु पर्ने विषयका सम्बन्धमा आवश्यक निर्देशन दिन सक्ने उल्लेख गर्दै आयोगले सोही दफाको उपदफा (२) मा उपदफा (१) बमोजिमको निर्देशन पालना गर्नु प्रत्येक दलको कर्तव्य हुनेछ भन्ने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै सो निर्देशन गरिएको पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ, उम्मेदवार मनोनयन गर्न जाँदा निषेध गरिएको निर्देशन:

१. निर्वाचनमा उम्मेदवारको मनोनयन पत्र पेस गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थक सहित बढीमा पच्चीस जना भन्दा बढीको जुलुस लिएर जान नहुने।

२. उम्मेदवारको मनोनयन पत्र पेस गर्न जाँदा बाजागाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरीतका ब्यानर, चिन्ह र झन्डा सहित जान नहुने।

३. उम्मेदवारको मनोनयनको समयमा उम्मेदवारको पहिचान झल्किने लोगो, टिका, चिन्ह, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न नहुने।

४. उम्मेदवारको मनोनयनको समयमा मनोनयन गर्न जाँदा र मनोनयन स्थलमा उम्मेदवारको पक्षमा नारा-जुलुस, भाषण र प्रतिस्पर्धी लक्षित गालिगलौज र टीकाटिप्पणी नगर्ने नगराउने।

५. उम्मेदवारको मनोनयनको समयमा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति प्रयोग गर्न नहुने।

६. नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले तत् तत् हैसियतमा रही उम्मेदवारको मनोनयनमा सहभागी हुन नहुने।

७. उम्मेदवारको मनोनयनका समयमा बालबालिकाको प्रयोग गर्न गराउन नहुने।

८. मनोनयनका क्रममा संवैधानिक निकाय तथा सोका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारलाई आफ्नो  सवारी साधन वा अन्य सामाग्री प्रयोग गर्न दिन नहुने ।

९. हेलिकप्टर प्रयोग गरी राजनीतिक दल वा उम्मेदवारले उम्मेदवारी मनोनयन गर्न जान नहुने ।

१०. नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले उम्मेदवारी मनोनयनको क्रममा राजनीतिक दल वा उम्मेदवारसँग सहभागी हुन नहुने ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ७ : १५ बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट