बारा–२ उपनिर्वाचन : एमालेका पुरुषोत्तम पौडेल उम्मेदवार « Khabarhub

बारा–२ उपनिर्वाचन : एमालेका पुरुषोत्तम पौडेल उम्मेदवार


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज मनोनयन दर्ता गर्नु केही घण्टा अघि मात्र एमालेले पूर्व खेलकुद मन्त्रीसमेत रहेका पौडेललाई उम्मेदवार बनाउने निर्णय लिएको हो ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा बारा २ को निर्वाचनमा एमालेले जनता समाजवादी पार्टीलाई सघाए पनि यसपटक भने पौडेललाई अघि सारेको हो ।

बारा २ मा सत्ता गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, रास्वपाबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुसवाह र राप्रपाबाट सोनेलाल साह उम्मेदवार रहने यसअघि नै सार्वजनिक भइसकेको छ ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ८ : ४९ बजे

विभिन्न भागमा मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत