सोमबार पनि पुँजीबजारमा गिरावट « Khabarhub

सोमबार पनि पुँजीबजारमा गिरावट


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सातामा कारोबार हुने दोस्रो दिन पनि पुँजीबजारमा गिरावट देखिएको छ ।

आइतबार २० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १६ दशमलव ६७ अङ्कले घटेको हो । नेप्सेका अनुसार आज दुई सय ६० कम्पनीको २८ लाख २९ हजार चार सय २६ कित्ता शेयर २७ हजार चार सय ५४ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू ९२ करोड दुई लाख ४९ हजारमा खुम्चिएको छ ।

आज व्यापार समूह २५ दशमलव २२ अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक एक सय तीन दशमलव ३७ र बीमा समूह ४८ दशमलव ०४ अङ्कले घटेको छ ।

आज बैंकिङ समूह नौ दशमलव चार, विकास बैंक समूह ३४ दशमलव ३६, वित्त समूह १२ दशमलव ६५, होटल तथा पर्यटन समूह १७ दशमलव ७८ र जलविद्युत् समूह ३२ दशमलव ६४ अङ्कले घटेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ४ : ०५ बजे

कुलमान अध्यक्ष बन्दा उनेपामा विभाजन, २० केन्द्रीय सदस्यसहित डा. जोशी रास्वपामै बसे

काठमाडौं– उज्यालो नेपाल पार्टीका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य डा.

दोलखाको वैतेश्वरमा शिक्षक–कर्मचारी भलिबल सुरु

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले आयोजना गरेको प्रथम वैतेश्वर गाउँपालिका वडास्तरीय

भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोधमा उत्रिए एमाले अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी

अलेप्पोलाई नियन्त्रणमा लिएको सिरियाली सेनाको दावी, कुर्द सेनाद्वारा खण्डन

दमास्कस- सिरियाको सेनाले शनिबार अलेप्पोको एक छिमेकमा कुर्द सेनासँग भिडन्त