सोमबार पनि मिटरब्याज पीडितको प्रदर्शन « Khabarhub

सोमबार पनि मिटरब्याज पीडितको प्रदर्शन


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मिटरब्याज पीडितले सोमबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । गत सोमबार सिरहाबाट हिँडेर काठमाडौंमा आएर विभिन्न माग राख्दै संघर्ष गरिरहेका बेला मिटरब्याज पीडितको अर्को टोली पनि काठमाडौं आइपुगेको छ ।

यो टोलीले सोमबार माइतीघर मण्डलादेखि भद्रकालीसम्म विरोध प्रदर्शन गरेका छन् । सिंहदरबारअगाडि मिटरब्याजविरुद्ध कार्यक्रम गरेका उनीहरुले कीर्ते तमसुक खारेज गर्नुपर्ने, हडपेको आफ्नो जमिन फिर्ता हुनुपर्नेलगायतका माग राखेका छन् । उनीहरु शान्तिबाटिकामा बस्ने बताइएको छ ।

गत शनिबार सरकारले पीडितसँग पाँचबुँदे सहमति गर्दै मिटरब्याजीलाई पक्राउ गरेर कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो । जसअनुसार सोमबार बिहान सप्तरीको राजविराजबाट जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशीलाई मिटरब्याजीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

साथै सरकारले आयोग गठन गरे मिटरब्याजको समस्या समाधान गर्ने र पीडितलाई न्याय दिने बताएको छ । यसबारे आइतबार संसदमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको समस्या दीर्घकालीन समाधान गर्न र पीडितलाई न्याय दिन आयोग गठन गर्ने बताएका थिए ।

तर, पीडित र सरकारबीच भएको पाँच बुँदे सहमति फितलो रहेको भन्दै सोमबार उनीहरूले प्रदर्शन गर्दै आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।
१३ चैतमा काठमाडौंमा आएको मिटरब्याज पीडितसँग सरकारले पाँच बुँदे सहमति गरेको भए पनि अर्को समूहले भने सो सहमति फितलो रहेको दाबी गरेको हो । सहमतिप्रति असन्तुष्ट समूहले सोमबार प्रदर्शन गरेको हो ।

सोमबार भएको प्रदर्शनमा राजनीतिक दलको झण्डासमेत प्रयोग भएको छ । सोमबार काठमाडौंमा आएका मिटिरब्याजपीडितहरूले मिटरब्याजविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्ने लगायतका विभिन्न माग राखेका छन् । किसान–मजदुर मोर्चा लेखिएको ब्यानरमा आवद्ध भएर सोमबार पीडितहरूले प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ४ : ४९ बजे

एमाले संसदीय दलको नेतामा सुहाङ नेम्बाङको दाबी

काठमाडौं- नेकपा (एमाले) संसदीय दलको नेतामा इलाम २ का युवा

मध्यपूर्वमा युद्धको सम्भावना बढ्दै, क्षेत्रीय तनाव चुलिँदै

न्यूयोर्क– अमेरिकाले मध्यपूर्व क्षेत्रमा हजारौँ थप सैनिक पठाउन थालेको छ

वीरगन्ज हुँदै भित्रियो २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा

वीरगन्ज– वीरगन्जनाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु २३ अर्ब

जुम्लामा सुक्खा पहिरो खस्दा तीन घरमा क्षति : सहयोग कतैबाट उपलब्ध भएन

जुम्ला– हिमा गाउँपालिका–६ स्थित खल्ढुङ्गा गाउँमा सुक्खा पहिरो खस्दा तीन

इरानले भन्यो : अमेरिकाले स्थल आक्रमणको गल्ती नगरोस्, हामी लामो युद्धका लागि तयार छौँ

काठमाडौं- इरानले अमेरिका र इजरायलसँग लामो समयसम्म युद्ध गर्न तयार