अवैध लागूऔषधसहित तीन जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित तीन जना पक्राउ


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  पर्सा र कास्कीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिका-१६ रजयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ९० मिलिग्रामसहित बारा कलैया उपमहानगरपालिका-१२ शितलपुर बस्ने २२ वर्षीय दिपक यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी ईनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगञ्जबाट संयुक्त रूपमा खटिएको प्रहरीले भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका-३० पावर हाउसचोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २४० ट्याब्लेट, डाईजेपाम २ सय एम्पुल, नुर्फिन २००  एम्पुल र फेनारगन २ सय एम्पुलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्सा सुघौली गाउँपालिका बस्ने ३१ वर्षीय श्रीधन चौधरी र १७ वर्षीय किशोर रहेका छन् । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको लु.१ ख ६१७० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ५ : ३५ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले