फिनल्याण्डमा भएको निर्वाचनमा कन्जरभेटिभ पार्टी पहिलो | Khabarhub Khabarhub

फिनल्याण्डमा भएको निर्वाचनमा कन्जरभेटिभ पार्टी पहिलो


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिनल्याण्डको प्रमुख कन्जरभेटिभ पार्टीले आइतबार भएको संसदीय निर्वाचनमा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । निर्वाचनमा दक्षिणपन्थी पपुलिस्ट पार्टी दोस्रो बनेको छ भने प्रधानमन्त्री सन्ना मारिनको सोसल डेमोक्र्याटिक पार्टीलाई तेस्रो स्थानमा राखेको छ ।

मतगणनाको अन्तिम परिणामले मध्यदक्षिणपन्थी राष्ट्रिय गठबन्धन पार्टी (एनसीपी) लाई २०.८ प्रतिशत मतसहित पहिलो दल भएको देखाएको छ भने द फिन्सले २०.१ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै सोसल डेमोक्र्याटले १९.९ प्रतिशत मत प्राप्त गरेको छ ।

शीर्ष तीन दलले करिब २० प्रतिशत मत प्राप्त गरेकाले कुनै पनि दल एक्लैले सरकार बनाउन सक्ने अवस्था देखिएको छैन । स्क्यान्डिनेभियन देश फिनल्याण्डको संसदमा २०० सिटका लागि २२ दलका दुई हजार ४०० भन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।

“यो नतिजाका आधारमा फिनल्यान्डमा नयाँ सरकार गठनका लागि राष्ट्रिय गठबन्धन गर्न पार्टीको नेतृत्वमा वार्ता सुरु गरिनेछ,’ कन्जरभेटिभ पार्टीका उत्साही नेता पेटेरी ओर्पोले भने ।

सैँतीस वर्षको उमेरमा युरोपकी सबैभन्दा कान्छी नेतृ बन्न सफल मारिनले युक्रेनको समर्थन र नेटोमा सामेल हुन फिनल्यान्डको सफल आवेदनको पक्षमा वकालत गर्ने राष्ट्रपति सौली निनिस्तोको प्रशंसा प्राप्त गरेकी छिन् ।

फिनल्याण्डका पूर्व अर्थमन्त्री तथा सम्भावित नयाँ प्रधानमन्त्री ५३ वर्षीय ओर्पोले आफ्नो आगामी कार्यकालमा युक्रेनसँग आफ्नो देशको ऐक्यबद्धता बलियो रहने विश्वास दिलाए ।

ओर्पोले भने, “पहिले युक्रेनबारे हामी युक्रेनी जनताको साथमा छौं । हामी यो भयानक युद्ध स्वीकार्न सक्दैनौं । हामी युक्रेन, युक्रेनी जनता मद्दत गर्न आवश्यक सबै काम गर्नेछौँ किनभने तिनीहरूले हाम्रो लागि पनि लडेका छन् । यो स्पष्ट छ ।”

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सङ्केत गर्दै उनले भने, “युक्रेनबाट रूस तत्काल फिर्ता हुनुको कुनै विकल्प छैन किनभने मस्कोको युक्रेनी जनतासँग हार हुनेछ ।”

रूससँग लामो सीमा जोडिएको फिनल्यान्डले यसै साताको सुरुमा नेटो सदस्य बन्ने अन्तिम अड्चन फुकाएको थियो भने गठबन्धनका सदस्य टर्की र हङ्गेरीले देशको सदस्यता लिने प्रयासमा हस्ताक्षर गरेका थिए ।

फिनल्यान्डको संसद एडुसकुन्टामा एनसीपीले ४८ सिट जितेको छ भने आप्रवासन र युरोपेली सङ्घविरोधी एजेन्डामा चलेको राष्ट्रवादी पार्टी फिन्सले क्रमशः ४६ सिट र मरिनको सोसल डेमोक्र्याट्सले ४३ सिट पाएका छन् ।

पर्यवेक्षकहरूका अनुसार यो परिणामले फिनल्यान्डको राजनीतिक परिदृश्यमा शक्ति परिवर्तन को अर्थ राख्छ किनकि यस राष्ट्रले अब राष्ट्रवादी स्वरको साथ नयाँ मध्य–दक्षिणपन्थी सरकार पाउने सम्भावना छ । सरकारले सन् २०१९ देखि देश तथा विदेशमा निकै लोकप्रिय प्रधानमन्त्री मारिनलाई मध्य वामपन्थी मन्त्रीमण्डलबाट प्रतिस्थापन गर्ने भएको छ ।

संसदमा बहुमत प्राप्त मन्त्रिमण्डल गठन गर्ने लक्ष्यका साथ आगामी दिनमा एनसीपीको नेतृत्वमा सरकार गठनका लागि वार्ता सुरु हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ७ : २४ बजे

गृह मन्त्रालयमा ‘सहायता कक्षा’ स्थापना, सम्पर्क नम्बर सार्वजनिक

काठमाडौं– गृह मन्त्रालयले ‘जेन-जी’ युवाहरूद्वारा भएको प्रदर्शनपश्चात् विकसित भएको घटनाक्रम

पार्टी नेता, कार्यकर्ताबाट १० रुपैयाँ सहयोग उठाएर पार्टी कार्यालय पुनः निर्माण गर्छौँ : धनराज गुरुङ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका नेता, कार्यकर्ताबाट १०

जेन-जी आन्दोलनका घाइते प्रहरी भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गत २३ र २४ गते भएको

जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

काठमाडौं– गत भदौ २३ र २४ गते जेन-जीको प्रदर्शनका क्रममा

गगनको प्रस्ताव : कांग्रेस अहिले घाइते छ, विशेष महाधिवेशन गरेर नेतृत्व फेरौँ

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई आमूल परिवर्तन गरेर