सन्थाल समुदायको निःशुल्क स्वास्थ्य बीमा « Khabarhub

सन्थाल समुदायको निःशुल्क स्वास्थ्य बीमा


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

झापा – भद्रपुर नगरपालिकाले पालिकाभित्र बसोबास गर्ने छ सय ३४ सीमान्तकृत सन्थाल परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ ।

अति विपन्न समुदायका सन्थालहरूको स्वास्थ्यमा सहज पहुँच पु¥याउने उद्देश्यले पालिकाले आगामी जेठदेखि लागू हुने गरी आज एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य बीमा गरिदिएको हो ।

नगरप्रमुख गणेश पोखरेलले बीमाबाट सन्थाल समुदायका दुई हजार पाँच सय २२ नागरिक लाभाविन्त हुने बताए । उनले उनीहरूको स्वास्थ्य बीमा गरिदिए वापतको रु २२ लाख १९ हजार बरबारको चेक आजै नगरपालिकाले स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय झापाकी प्रमुख सुनिता आचार्यलाई हस्तान्तरण गरेका छन् ।

सन्थाल आदिवासी उत्थान सङ्घका केन्द्रीय अध्यक्ष सुन्दर वेस्राले नगरको खुलेर प्रशंसा गरेका थियो । उनले स्वाथ्यमा पहुँचविहीन सन्थाल समुदायको नगरले गरिदिएको बीमाका कारण पहुँच पुग्नेमा विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ९ : ५३ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको