चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्षस्थानमा उक्लियो « Khabarhub

चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्षस्थानमा उक्लियो


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिगको जारी खेलमा आर्सनलले चेल्सीलाई पराजित गरेको छ । घरेलु मैदानमा चेल्सीलाई ३–१ ले पराजित गर्दै आर्सनल शीर्षस्थानमा उक्लिएको छ । चेल्सीको यो लगातार छैटौँ हार हो । 

इमिरेट्स स्टेडियममा मंगलबार राती भएको खेलमा आर्सनलले पहिलो हाफ नै ३ गोल गरेर आफ्नो मजबुत पकड कायम गरेको थियो। खेलको १८औं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनलाई १–० को अग्रता दिलाउन सुरु गरे । 

त्यसको १३ मिनेट पछि अर्थात ३१औं मिनेटमा झाँकाकै पासमा ओडेडार्डले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारिदिए ।
आर्सनल यतिमा नै रोकिएन, दोस्रो गोल गरेको १ मिनेट पछि अर्थात ३४औं मिनेटमा जेससले थप गोल गरे पछि पहिलो हाफमै आर्सनलले ३–० को को राम्रो पकड लिन सफल भयो । 

उता, दोस्रो हाफको ६५औ मिनेटमा चेल्सीका लागि नोनीले गोल फर्काए पछि खेल ३–१ को स्थितिमा रहन पुग्यो । त्यसपछि एक अर्काको पोष्टमा गोल गर्नका लागि दुवै टिमले प्रयास गरे पनि सफल भएनन् । अन्ततः ३–१ को अन्तरले आर्सनल बिजयी भयो ।

यस जितसँगै शीर्षस्थानमा उक्लिएको आर्सनलले ३४ खेलबाट ७८ अंक बटुलेको छ भने पराजित चेल्सी ३३ खेलबाट ३९ अंक जोडेर १२औं स्थानमा सीमित रहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ८ : ०७ बजे

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई