चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्षस्थानमा उक्लियो | Khabarhub Khabarhub

चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्षस्थानमा उक्लियो


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिगको जारी खेलमा आर्सनलले चेल्सीलाई पराजित गरेको छ । घरेलु मैदानमा चेल्सीलाई ३–१ ले पराजित गर्दै आर्सनल शीर्षस्थानमा उक्लिएको छ । चेल्सीको यो लगातार छैटौँ हार हो । 

इमिरेट्स स्टेडियममा मंगलबार राती भएको खेलमा आर्सनलले पहिलो हाफ नै ३ गोल गरेर आफ्नो मजबुत पकड कायम गरेको थियो। खेलको १८औं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनलाई १–० को अग्रता दिलाउन सुरु गरे । 

त्यसको १३ मिनेट पछि अर्थात ३१औं मिनेटमा झाँकाकै पासमा ओडेडार्डले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारिदिए ।
आर्सनल यतिमा नै रोकिएन, दोस्रो गोल गरेको १ मिनेट पछि अर्थात ३४औं मिनेटमा जेससले थप गोल गरे पछि पहिलो हाफमै आर्सनलले ३–० को को राम्रो पकड लिन सफल भयो । 

उता, दोस्रो हाफको ६५औ मिनेटमा चेल्सीका लागि नोनीले गोल फर्काए पछि खेल ३–१ को स्थितिमा रहन पुग्यो । त्यसपछि एक अर्काको पोष्टमा गोल गर्नका लागि दुवै टिमले प्रयास गरे पनि सफल भएनन् । अन्ततः ३–१ को अन्तरले आर्सनल बिजयी भयो ।

यस जितसँगै शीर्षस्थानमा उक्लिएको आर्सनलले ३४ खेलबाट ७८ अंक बटुलेको छ भने पराजित चेल्सी ३३ खेलबाट ३९ अंक जोडेर १२औं स्थानमा सीमित रहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ८ : ०७ बजे

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु