‘कर्णालीमा माओवादीले एकलौटी गरेको छ, त्यो हामी स्वीकार्दैनौँ’ « Khabarhub

‘कर्णालीमा माओवादीले एकलौटी गरेको छ, त्यो हामी स्वीकार्दैनौँ’


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कर्णाली प्रदेश सरकारमा आफ्नो पार्टीलाई सहभागी नगराइएकोप्रति असनतुष्टी जनाएका छन्।

बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले तत्कालीन अवस्थामा माओवादीलाई सत्तामा टिकाइ राख्नका लागि खेलेको भूमिकाको अवमूल्यन भएको बताएका छन् ।

उनले भने ‘कर्णालीको सरकार निर्माण गर्दा पूरै हामीलाई पूरै उपेक्षा गरिएको छ, सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले एकलौटी गरेको छ, त्यो हामीलाई स्वीकार्य छैन् ।’

उनले आफ्नो पार्टी नेपालको राजनीतिको महत्वपूर्ण पक्ष भएको बताउँदै दम्भ र घमण्ड नदेखाउन माओवादी केन्द्रलाई चेतावनी समेत दिए।

माओवादी केन्द्रसँग पार्टी एकताका बारेमा सोधिएको प्रश्नमा नेपालले कर्णालीकै जस्तो अवस्था रहे पार्टी एकता त के समाजवादी मोर्चा निर्माण पनि सम्भव नरहेको बताए।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ९ : ४० बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,