कर्णालीका अर्थमन्त्री र प्रमुख प्रतिपक्ष दलका नेता कँडेलबीच भेटवार्ता « Khabarhub

कर्णालीका अर्थमन्त्री र प्रमुख प्रतिपक्ष दलका नेता कँडेलबीच भेटवार्ता


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह र प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेलबीच भेटवार्ता भएको छ।

नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलका नेता समेत रहेका कँडेललाई भेट्न मन्त्री सिंह बुधबार बिहान वीरेन्द्रनगरस्थित नेता कँडेलको निवास पुगेका हुन । 

आउँदो आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल र सुझावका लागि मन्त्री सिंह नेता कँडेललाई भेट्न पुगेका हुन । सो क्रममा प्रदेश सरकारको बजेट सिलिङ, सरकारको तयारी लगायतका विषयमा जानकारी गराएका छन् ।

मन्त्री सिंहले समग्र कर्णालीको विकास, समृद्धि र सुशासनका लागि प्रमुख प्रतिपक्ष दलको पनि साथ चाहिने भएकाले सहयोग गर्न आग्रह गरेका छन । बजेटका विषयमा सैद्धान्तिक, नीतिगत र कार्यक्रमिक रूपमा आवश्यक सल्लाह दिन मन्त्री सिंहले आग्रह गरेका थिए ।

सो भेटमा नेता कँडेलले जनताको समृद्धि, सुशासन, कर्णालीको विकासका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा आफ्नो सहयोग रहने जवापः दिएका छन् । 

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १० : २४ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित