आत्महत्या दुरुत्साहन आरोपमा दुईजना पक्राउ « Khabarhub

आत्महत्या दुरुत्साहन आरोपमा दुईजना पक्राउ


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

मोरङ– दुरुत्साहन गरेको मुद्दामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-४ बस्ने ५५ वर्षीय प्रगति भन्ने गति पोखरेल र सोही महानगरपालिका-४ बस्ने ३६ वर्षीया सविना पोखरेल रहेका छन् । 

विराटनगर महानगरपालिका-३ बस्ने गोविन्द प्रसाद नेपालले वैशाख १४ गते बिहान सोही महानगरपालिका-४ तित्रिगाछी भन्ने स्थानमा आफ्नै शरीरमा प्रज्वलनशील पदार्थ खन्याई आगो लगाई आत्महत्या गर्न प्रयास गरेकोमा तत्काल उपचारको लागि विराटनगरस्थित रेडप्लस अस्पताल लगिएकोमा उपचारको क्रममा वैशाख १५ गते मृत्यु भएको थियो । 

उक्त घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङमा आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दाको जाहेरी परेकोमा उक्त कार्यालयबाट खटिएको प्रहरीले घटनामा संलग्न गति पोखरेललाई उनकै घरबाट र सविना पोखरेललाई झापा कमल गाउँपालिका-४ बाट पक्राउ गरेको हो । 

उनीहरू उपर जिल्ला अदालत मोरङबाट आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको छ । 

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १२ : २८ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य