महोत्तरीमा ‘अल्पसङ्ख्यकसँग प्रहरी’ कार्यक्रम लोकप्रिय बन्दै | Khabarhub Khabarhub

महोत्तरीमा ‘अल्पसङ्ख्यकसँग प्रहरी’ कार्यक्रम लोकप्रिय बन्दै


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरीका गाउँ–गाउँमा पछिल्लो दुई महिनादेखि चलिरहेको ‘अल्पसङ्ख्यकसँग प्रहरी’ कार्यक्रम लोकप्रिय बन्दै गएको छ । वर्षौ देखि न्याय, कानून, प्रहरी, प्रशासनसम्बन्धी जानकारीको अभावमा विभिन्न समस्या झेल्दै आएका जिल्लाका दलित, जनजाति, सीमान्तकृत र अल्पसङ्ख्यक समुदायको न्यायमा पहुँच बढाउन जिल्ला प्रहरी कार्यालयले अल्पसङ्ख्यकसँग प्रहरी कार्यक्रम सुरु गरेको हो ।

यस कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्ल स्वयं प्रहरी टोलीका साथ जिल्लाको दलित तथा अल्पसङ्ख्यक गाउँ बस्तीमा पुगेर उनीहरूसँग कुराकानी र उनीहरूको सुख दुःख बुझ्न थालेपछि स्थानीय खुलेर प्रहरीसमक्ष आफ्ना समस्या राख्न थालेका छन् ।

प्रमुख मल्लले जिल्ला प्रहरी कार्यालयद्वारा अभियानकै रूपमा यस कार्यक्रमको थालनी गरिएको बताए । उनले जिल्ला प्रहरी कार्यालय र मातहतका चौकीका टोली गाउँ गाउँमा पुगेर कानून, न्याय र अपराधबारे जानकारी नभएका दलित, जनजाति र अन्य सीमान्तकृत अल्पसङ्ख्यक समुदायको कानुनमा पहुँच बढाउन जिल्लाभर नै कार्यक्रम सुरु गरिएको बताए । यस कार्यक्रमअन्तर्गत प्रहरीले अल्पसङ्ख्यक समुदायले सुविधा लिँदा भोग्नु परेको समस्या, गाउँघरमा हुने अपराधिक घटनालगायतका बारेमा सर्वसाधारणलाई जानकारी गराइरहेका छन् ।

पुस्तौँ देखि कुनै पनि घटना हुँदा प्रहरी समक्ष पुग्न नसकेर यी समुदाय अपराध सहन गरेर चुपचाप बस्दै आइरहेका थिए । अहिले प्रहरी प्रमुखसहितको टोली गाउँमा पुग्दा यी समुदायका व्यक्तिले आफूहरूले भोग्नुपरेका मिटरब्याजको समस्या, छुवाछुतको समस्या, घरेलु हिंसा, महिला हिंसा, मदिरा नियन्त्रण, लागूऔषध प्रयोग र मानव बेचबिखनमा रोक, गरिबीका कारण उपचारमा समस्यालगायतका सामाजिक हिंसा भड्काउने तथा बढाउने तत्त्वको पहिचान गर्दै यसको न्यूनीकरणमा प्रहरी सक्रिय हुनुपर्ने सुझाव दिएका छन् ।

अहिले अल्पसङ्ख्यक समुदायले आफ्ना विभिन्न समस्या प्रहरी समक्ष निर्धक्क भएर पोखिरहेका छन् भने आफूहरू कुन समस्याबाट कसरी जोगिने भनेर प्रहरी प्रमुखको मुखबाटै सुनेर निक्कै हौसिएको तथा आत्मबल बढेको लोहारपट्टी नगरपालिकाका बासिन्दा लक्ष्मण बैठा बताउँछन् । समाजमा हुने गरेका आपराधिक घटना न्यूनीकरण र हरेक समुदायको न्यायमा पहुँच दिने उद्देश्यका साथ प्रहरीले गाउँ–गाउँमा चलाएको यो अभियान निक्कै सार्थक रहेको पिपरा गाउँपालिकाकी बासिन्दा सुकेश्वरी देवीले बताइन् ।

त्यसैगरी लोहारपट्टीकै बासिन्दा छेदी पासवान, नागेन्द्र पासवानलगायतले अल्पसङ्ख्यकसँग प्रहरी कार्यक्रममा सरिक भएपछि अब आफूहरू पनि आफ्ना हक अधिकार तथा पहुँचका लागि आवाज उठाउन सक्षम भएको र अन्यायमा परेका बेला प्रहरी, प्रशासनसम्म पुग्न आँट आएको भन्दै खुसी व्यक्त गरे ।

प्रहरी प्रमुख मल्लले यस कार्यक्रमले प्रहरी र नागरिकबीचको सहकार्य तथा हातेमालोबाट जिल्लामा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम हुने विश्वास व्यक्त गरे । जिल्लाका विभिन्न पालिकाका बस्तीमा हुने गरेको यस कार्यक्रममा उल्लेख्य रूपमा सर्वसाधारणको उपस्थिति रहने गरेको उनले बताए ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १२ : ४३ बजे

मार्चमा एक लाख २१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए

काठमाडौं – सन् २०२५ को मार्च महिनामा एक लाख २१

‘लाज शरणम्’का बालकलाकार केसीको कुपोषणको कारण मृत्यु

काठमाडौं – महाशिवरात्रिमा प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ मा अभिनय

पर्वतमा ट्र्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु, चालक गम्भीर

पर्वत – पर्वतको जलजला गाउँपालिका वडा नं ५ लेखफाँटमा आज

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित

सुर्खेत – कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशनबाट सात वटा

गुजरातको पटाका गोदाममा भीषण विस्फोट, १७ जनाको मृत्यु, ५ घाइते

नयाँदिल्ली – भारतको गुजरात राज्यमा मंगलबार एक पटाका गोदाममा भएको