एसीसी प्रिमियर कप विजेता क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय « Khabarhub

एसीसी प्रिमियर कप विजेता क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सरकारले काठमाडौँमा सम्पन्न एसीसी प्रिमियर कप विजेता नेपाली राष्ट्रिय टोलीका प्रत्येक खेलाडीलाई ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिएका छन् ।

सोमबार र मंगलबार दुई दिन चलेको एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो । साथै यो जितसँगै नेपालले अब पाकिस्तान र भारत रहेको समूह ‘ए’ बाट एसिया कप खेल्ने अवसर पनि प्राप्त गरेको छ ।

प्रधानमन्त्री प्रचण्डका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट विनियोजन गर्ने निर्णय गरिएको छ ।

मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिन सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री प्रचण्डले लेखेका छन्, ‘आजको मन्त्रिपरिषद्को बैठकबाट एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको छ। साथै कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट बिनियोजन गर्ने निर्णय गरिएको छ । मन्त्रिपरिषद्को यस निर्णयले नेपाली क्रिकेट खेलाडीहरूलाई प्रोत्साहन र क्रिकेट खेलको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु। क्रिकेटमार्फत् नेपालको पहिचान र गौरव बढाउने सम्पूर्ण खेलाडीहरूलाई फेरि एक पटक हृदयदेखि बधाई एवं धन्यवाद व्यक्त गर्दछु।’

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  २ : १३ बजे

राप्रपा कोशीका प्रवक्ता राउतले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कोशी प्रदेश कार्यसमिति प्रवक्ता

पूर्वसभामुख महरा र छोरा राहुलविरूद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन

नीति तथा कानुन निर्माणमा सहजीकरण गर्न सदैव तयार छु : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा ऐन कानुन निर्माण

उपसभामुख प्रकरण : वालेन्द्र हाबी हुँदा फेरि निरीह देखिए रवि लामिछाने

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउने क्रममा बिहीबार संसद्