पक्राउ परेका सचिव पाण्डेलाई म्याद थपका लागि अदालत लगियो « Khabarhub

पक्राउ परेका सचिव पाण्डेलाई म्याद थपका लागि अदालत लगियो


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालीलाई शरणार्थी बनाएर अमेरिका लगेको घटनामा मुछिएसँगै पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले आज दिउँसो उनलाई पक्राउ गरेको थियो ।

पाण्डेमाथि थप अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति माग्ने तयारी गरेको प्रहरीले जनाएको छ । प्रहरीले सचिव पाण्डेमाथि थप अनुसन्धानका लागि पहिलो पटक म्याद लिन खोजेको हो ।

गृहसचिव हुँदा पाण्डे यो प्रकरणमा सामेल भएको आरोप छ । यसअघि पक्राउ परेका अन्य व्यक्तिले पाण्डेका पनि संलग्नता रहेको बयान दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ३ : ४२ बजे

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००