पक्राउ परेका सचिव पाण्डेलाई म्याद थपका लागि अदालत लगियो « Khabarhub

पक्राउ परेका सचिव पाण्डेलाई म्याद थपका लागि अदालत लगियो


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालीलाई शरणार्थी बनाएर अमेरिका लगेको घटनामा मुछिएसँगै पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले आज दिउँसो उनलाई पक्राउ गरेको थियो ।

पाण्डेमाथि थप अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति माग्ने तयारी गरेको प्रहरीले जनाएको छ । प्रहरीले सचिव पाण्डेमाथि थप अनुसन्धानका लागि पहिलो पटक म्याद लिन खोजेको हो ।

गृहसचिव हुँदा पाण्डे यो प्रकरणमा सामेल भएको आरोप छ । यसअघि पक्राउ परेका अन्य व्यक्तिले पाण्डेका पनि संलग्नता रहेको बयान दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ३ : ४२ बजे

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

काठमाडौं – चैत १९ देखि २३ सम्म हुन लागेको नवौं