बुधबार पनि नेप्से ओरालो « Khabarhub

बुधबार पनि नेप्से ओरालो


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- घट्दो क्रममा रहेको शेयर बजारले आज पनि निरन्तरता पाएको छ । यो सातामा कारोबारको तेस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक रातो देखिएको हो ।

नेप्से परिसूचक आज नौ दशमलव १८ अङ्कले घटेर एक हजार आठ सय ५७ दशमलव २३ अङ्कमा कायम भएको छ । नेप्सेका अनुसार दुई सय ६५ वटा कम्पनीको २१ लाख ५५ हजार पाँच सय ८६ कित्ता शेयर १८ हजार आठ सय ७६ पटक खरिद बिक्री हुँदा कारोबार रकम रू ६२ करोड दुई लाख ६६ हजारमा खुम्चिएको छ ।

उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५६ र म्युचुअल फन्ड शून्य दशमलव ०३ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह ५९ दशमलव ६९ र होटल तथा पर्यटन समूह ५२ दशमलव ६० अङ्कले घटेको छ ।

त्यसैगरी, बैंकिङ समूह एक दशमलव ९८, विकास बैंक समूह आठ दशमलव ०१, वित्त समूह १२ दशमलव २९, जलविद्युत् समूह २९ दशमलव २३ र लगानी समूह शून्य दशमलव ०९ अङ्कले घटेको छ । लघुवित्त समूह २१ दशमलव ४१, निर्जीवन बीमा समूह १४ दशमलव ५९, व्यापार समूह तीन दशमलव ६६ र अन्य समूह १४ दशमलव ५२ अङ्कले घटेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ४ : २८ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा