फाइल फोटो

राजनीति

आइतबार अपरान्ह ४ बजे संसद् अधिवेशन आह्वान

By खबरहब

May 03, 2023

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनका अधिवेशन आह्वान गरेका छन् ।

२४ वैशाख आइतबार अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान भएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि बुधबार महासचिव गौतमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संवत् २०८० साल वैशाख २४ गते आइतबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आहृवान गर्नु भएकोले उक्त मिति, समय र स्थानमा माननीय सदस्यहरूको उपस्थितिको लागि अनुरोध गर्दछु ।’