विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

आज वैशाख २०, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे ३, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

उत्तरी ब्राजिलको आदिवासी क्षेत्रमा आठ जना मृत फेला

उत्तरी ब्राजिलको आदिवासी क्षेत्रमा आठ जना मृत फेला परेका छन् । संरक्षित खानी क्षेत्रमा अवैध गतिविधि गर्नेहरूले उनीहरूलाई मारेको आशङ्का गरिएको छ ।

जङ्गलभित्र गोप्य आधार शिविर बनाएर सुन खोज्ने र त्यस्ता अवैध गतिविधि हुन नदिनेबीचको झडपमा परी सर्वसाधारण मारिने गरेका छन् ।

सङ्घीय प्रहरीले सोराईस राज्यमा ती शव फेला पारिएको जनाउँदै अनुसन्धान जारी रहेको बताएको छ । यद्यपि प्रहरीले मृतकको परिचय सार्वजनिक गरेको छैन ।

संरक्षित क्षेत्र र सुनखानी वरपर अवैध गतिविधि हुने गरेका छन् भने बेलाबेलामा सशस्त्र झडपसमेत हुने गरेका छन् । सुनखोज्नेसँगको झडपमा परी गत साता एक जना आदिवासीसहित पाँच जनाको ज्यान गएको थियो ।

भेनेजुएलाको सिमानामा रहेको वन क्षेत्रमा आदिवासी यानोमामीमा अवैध उत्खनन रोक्न र त्यहाँबाट अवैध गतिविधि गर्नेलाई हटाउन सेना र प्रहरीले गत फेब्रुवरीदेखि अभियान सञ्चालन गरेको छन् ।

सुरक्षाकर्मीलाई समेत आक्रमणको निशाना बनाउँदै आएका आक्रमणकारीले यानोमामीमा बलत्कारलगायत जघन्य अपराध गरेको एक स्थानीय अगुवाले बताएका छन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्की अचानक फिनल्याण्डमा

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अचानक फिनल्याण्डको राजधानी हेलसिन्की आएका छन् । पाँच राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उनी फिनल्याण्ड भ्रमणमा आएको फिन्निस राष्ट्रपति साउली निनिस्टोले बताएका छन् ।

युक्रेनी राष्ट्रपतिले आफ्ना फिन्निस समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) को कान्छो सदस्य फिनल्याण्डका राष्ट्रपतिसँग उनले जारी युद्ध र प्रतिरक्षा सहयोगबारे छलफल गर्ने अधिकारीहरूले बताएका छन् ।

युक्रेनी नेताले स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सन, नर्वेका जोनास गाहर स्टोर, डेनमार्कका मेटे फ्रेडरिक्सन र आइसल्याण्डका क्याट्रिन जाकोब्सडोटिरसँग पनि द्विपक्षीय वार्ता गर्ने छन् ।

नाटोको सदस्यता प्राप्तिमा नर्डिक मुलुकको सहयोग प्राप्तिलाई पनि युक्रेनी राष्ट्रपतिले आफ्नो भ्रमणको कार्यसूचीमा समावेश गरेको उनका सञ्चार सल्लाहकार डारिया जरिभनाले बताएका छन् ।

भारतजस्ता प्रमुख शक्तिराष्ट्रसँग सम्बन्ध विस्तार गर्नुपर्नेमा अष्ट्रेलियाको जोड

दक्षिण चीन सागरमा चीनको बढ्दो प्रभावका कारण विधिको अन्तर्राष्ट्रिय व्यवस्था जोखिममा परेको भन्दै अष्ट्रेलियाले भारत र जापानलगायत रणनीतिक हिन्द प्रशान्त क्षेत्रका प्रमुख साझेदारहरूसँग आफ्नो कूटनीतिक र रक्षा साझेदारीलाई अझ सघन बनाउने बताएको छ ।

अष्ट्रेलियाले गत सोमबार सार्वजनिक गरेको रक्षासम्बन्धी रणनीतिक प्रतिवदेनमा भारतलगायत प्रमुख शक्तिराष्ट्रसँग आफ्नो सैन्य सम्बन्ध र व्यावहारिक सहयोग विस्तार गर्न जारी राख्नुपर्नेमा जोड दिएको हो ।

बढ्दो चिनियाँ गतिविधिबाट अस्ट्रेलियाको राष्ट्रिय हितमा प्रतिकूल असर पर्नसक्ने उल्लेख गर्दै प्रतिवेदनमा हिन्द–प्रशान्त क्षेत्रमा प्रमुख शक्तिबीचको प्रतिस्पर्धाले अष्ट्रेलियालाई भारतलगायत शक्ति राष्ट्रसँग सहकार्य र साझेदारी गर्नुपर्ने सुझाव दिइएको हो । संयुक्त राज्य अमेरिकाको हिन्द–प्रशान्त क्षेत्रमा एक ध्रुवीय नेतृत्व नरहेको र चीन–अमेरिकाबीचको तीव्र प्रतिस्पर्धा द्वन्द्वको कारक बन्नसक्ने भएकाले त्यसतर्फ सचेत हुन सुझाइएको छ ।

“अष्ट्रेलियाले जापान र भारतलगायत प्रमुख शक्तिहरूसँग आफ्नो सम्बन्ध र व्यावहारिक सहयोग विस्तार गर्न जारी राख्नुपर्छ, क्यानबेराले क्षेत्रीय एकता र विकासका लागि लगानी गर्न आवश्यक छ,” प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदन अस्ट्रेलियाको रक्षा बलका पूर्व प्रमुख एङ्गस ह्युस्टन र पूर्व रक्षामन्त्री स्टीफन स्मिथले तयार पारेको प्रतिवेदनमा रक्षा र राष्ट्रिय सुरक्षा खर्चमा वृद्धि, राष्ट्रिय खुफियाका तत्वहरूको पुनर्गठन र साइबर सुरक्षामा पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिइएको छ ।

हिन्द–प्रशान्त रणनीतिक ढाँचा अपनाउने, क्षेत्रीय रणनीतिक योजनाका साथै बहुपक्षीय, त्रिपक्षीय र द्विपक्षीय साझेदारी विस्तार गर्दै जापान, भारत र संयुक्त राज्य अमेरिकासँग क्वाड साझेदारी अभिवृद्धि हुनुपर्ने प्रतिवेदनको सुझाव छ । प्रतिवेदनले अस्ट्रेलिया र चीनबीचको स्थिर सम्बन्ध दुवै देश र बृहत् क्षेत्रको हितमा रहेको बताएको छ ।

अष्ट्रेलियाले चीनसँगको सहयोग जारी राख्नुपर्ने, असहमति र मतभिन्नतालाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्नुपर्ने र राष्ट्रिय हितलाई सर्वोपरि मानेर अघि बढ्नुपर्ने खाँचो प्रतिवेदनमा औँल्याइएको छ । चीनको द्रुततर आर्थिक विकासबाट अष्ट्रेलियासहित हिन्द–प्रशान्त क्षेत्रका धेरै देशहरूलाई फाइदा पुग्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्री एन्थोनी अल्बानिजले आगामी दशकमा अष्ट्रेलियाको रणनीतिक नीति, रक्षा योजना र स्रोतहरूका लागि खाका तयार गर्न प्रतिवेदन सहयोगी हुने बताए ।

सुडान सङ्घर्ष: भोलिदेखि एक हप्ता युद्धविराम गर्ने सहमति

सुडानका दुई युद्धरत पक्ष बिहीबारदेखि लागू हुने गरी सात दिने युद्धविराम गर्न सहमत भएका छन् । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मेयारदिटसँगको फोनवार्तामा युद्धरत समूहका नेताले उक्त सहमति गरेका हुन् ।

दक्षिण सुडानको विदेशमन्त्रालका अनुसार सुडानी सेना (एसएएफ) प्रमुख अब्देल फताह अल बुरहान र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) प्रमुखले भोलि वैशाख २१ देखि २८ गतेसम्म युद्धविराम गर्न सहमति जनाएका हुन् । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै पक्षले वार्ताका लागि आ–आफ्ना प्रतिनिधि खटाउन सहमति पनि जनाएका छन् ।

दक्षिण सुडानका राष्ट्रपतिले लामो समयसम्म युद्धविराम हुनुपर्नेमा जोड दिँदै त्यसनिम्ति वार्ता अपरिहार्य भएको बताए । उनले दुवै पक्षलाई वार्ताको मिति प्रस्ताव गर्न आग्रह गर्नाका साथै दुवै समूहलाई मान्य हुने वार्तास्थल निर्धारण गरिने जानकारी दिएका छन् । शीघ्र वार्ताका निम्ति प्रतिनिधिका नाम पठाउन पनि उनले आग्रह गरेका छन् ।

व्यापार र विकासका लागि आठ अफ्रिकी देशको अन्तरसरकारी मञ्च (आईजीएडी) का प्रमुखसमेत रहेका दक्षिण सुडानका राष्ट्रपतिलाई युद्धरत पक्षलाई वार्ताको टेबलमा ल्याउन तथा युद्धविराम गराउन सम्बद्ध पक्षसँग वार्ता गर्न आइजिएडीले अधिकार प्रत्यायोजन गरेको थियो । भीषण युद्धका कारण राजधानी खार्तुमलगायत सुडानको अवस्था भयावह बनेपछि आईजीएडीले युद्धविरामको पहल गरेको हो ।

जेल परेका इरानी महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार

संयुक्त राष्ट्रसङ्घले सत्य र जवाफदेहिताप्रतिको अटुट प्रतिबद्धताका लागि इरानका तीन जना महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

मंगलबार राति गरिएको घोषणाअनुसार सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीले आफ्नो शिर राम्ररी नढाकेको अभियोगमा धार्मिक प्रहरी हिरासतमा लिइएपछि भएको उनको मृत्युको खबर सम्प्रेषण गर्ने निलोफर हमेदी महसाको अन्त्येष्टिको समाचार लेख्ने इलाहे मोहम्मदी हुन् । अमिनीको मृत्युपछि इरानका दर्जनौँ शहरमा महिनौँसम्म विरोध प्रदर्शन भएका थिए ।

तेस्रो विजेता नरगेस मोहम्मदी हुन् । इरानमा लामो समयदेखि काम गरेकी उनी प्रेस स्वतन्त्रता र मानवअधिकारकार रक्षाका खातिर वर्षौँदेखि अग्रमोर्चामा रहेर काम गरेकी अग्रणी पत्रकार हुन् । पुरस्कृत पत्रकारहरू कारागारमा छन् । उनीहरूलाई अमेरिकासँग मिलेर काम गरेको तथा इरानको राष्ट्रिय सुरक्षा प्रतिकूल गतिविधि गरेको अभियोग लगाइएको छ ।

युनेस्कोका महानिर्देशक अड्रे अजौलेले आक्रमण, धम्की र असुरक्षाका बीच पेशाप्रति प्रतिबद्ध भएर लागेका महिला पत्रकारहरू पुरस्कृत भएका बताउँदै उनीहरूलाई इरान सरकारले कारागारमुक्त नगरेसम्म विश्वभरका पत्रकार एवम् स्वतन्त्रता पक्षधरहरूले उनीहरूका पक्षमा आवाज बुलन्द गर्नुपर्नेमा जोड दिएका छन् ।

प्यालेस्टिनी इस्लामिक जिहादका वरिष्ठ नेताको ८६ दिनको भोक हडतालपछि मृत्यु

प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)का वरिष्ठ राजनीतिक नेता खादर अदनानको ८६ दिनको भोक हडतालपछि इजरायलको जेलमा मृत्यु भएको छ ।

इस्लामिक जिहाद समूहका वरिष्ठ सदस्य ४५ वर्षका अदनानको म‌ंगलबार निधन भएको इजरायलको जेल सेवाले जानकारी दिएको छ ।

उनलाई बेहोस अवस्थामा पाइएको र उपचारका लागि तेल अवीवमा रहेको अस्पताल पुर्‍याए पनि बचाउन नसकिएको जेल सेवालाई उद्धृत गरी द टाइम्स अफ इजरायलले जनाएको छ ।

नेता अदनानलाई आतंकवादी समूहमा लागेको, समर्थन गरेको र नागरिकलाई उक्साउने काम गरेको आरोपमा फेब्रुअरी ५ मा पक्राउ गरिएको थियो ।

त्यसैले अदनानले इजरायली सुरक्षा बलले गिरफ्तार गरेपछि अनशन सुरु गरेका थिए । उनले जेलमा रहेका बेला सबै उपचार गर्न अस्वीकार गरेका थिए ।

जेलमा रहेर स्वास्थ्य परीक्षण वा उपचार गराउन अस्वीकार गरेका थिए । प्यालेस्टाइनले जेलमा रहेकै अवस्थामा अदनानको ज्यान गएको विषयलाई छानबिन गर्न माग गरेको छ ।

चीनको रासायनिक कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु

चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु भएको छ ।

घटनामा परी एक जना घाइते भएका र एक जना अझै सम्पर्कमा आउन नसकेको लियाओचेङको स्थानीय प्रशासनले जनाएको छ ।

चीनको पूर्वी शान्दोङ प्रान्तको लियाओचेङ शहरमा हाइड्रोजन पेरोक्साइड उत्पादन गर्ने कारखानाको एक क्षेत्रमा सोमबार बिहान विस्फोट भएको राज्य सञ्चालित समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रारम्भिक रिपोर्टमा घटनामा पाँच जनाको मृत्यु भएको बताइएपनि पछि थप चार जनाको शव फेला परेको सिन्ह्वाले जनाएको छ ।

उद्धार कार्य जारी छ र विस्फोटको कारणबारे अनुसन्धान भइरहेको छ ।

एक जना घाइतेलाई तत्काल अस्पताल लगिएको छ र विस्फोटका कारण लागेको आगो निभाइएको छ । हराइरहेका एक व्यक्तिको खोजी जारी छ ।

यो प्लान्ट चीनको सरकारी स्वामित्वको समूह सिनोकेमको एक भाग लुक्सी केमिकल ग्रुपले सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ७ : ५९ बजे

उत्तर कोरियाले दोस्रो जासुसी उपग्रह प्रक्षेपण गर्ने

काठमाडौं– उत्तर कोरियाले छिट्टै जासुसी भूउपग्रह प्रक्षेपण गर्ने तयारी गरेको

अहिलेको व्यवस्थाले सबैलाई अवसर दिएको छ : मधव नेपाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको

बजेट २०८१/८२ : सिलिङ मिच्दै प्रतिबद्धता दोहोर्‍याउने बाध्यतामा अर्थमन्त्री

काठमाडौं – दोस्रोपटक अर्थमन्त्री भएका नेकपा (माओवादी केन्द्र) का उपमहासचिव

नौमती बाजाको रहर लाग्यो बरी लै !

विराटनगर- एक समय भनिन्थ्यो, ‘बाहुनहरूले बाजा छुनै हुँदैन, बिहेमा बाजा

सलामी, गुलामी र मलामी मोह

भगवान श्रीकृष्णको छोरा साम्बप्रति युवती भुतुक्कै हुन्थे। तर उनको प्रेम