अमेरिकाद्वारा श्रीलंकाका पूर्वनौसैनिक अधकिारी एवम् गभर्नरमाथि प्रतिबन्धको घोषणा « Khabarhub

अमेरिकाद्वारा श्रीलंकाका पूर्वनौसैनिक अधकिारी एवम् गभर्नरमाथि प्रतिबन्धको घोषणा


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले श्रीलंकाका पूर्वनौसैनिक अधकिारी एवम् उत्तरपश्चिम प्रान्तका गभर्नर वसन्त करनानगोडामाथि प्रतिबन्ध लगाएको छ ।

तामिल टाइगर्सविरुद्धको युद्धका समयमा गम्भीर मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाले उनी र उनकी पत्नी श्रीमाथी अशोक करनानगोडामाथि प्रतिबन्धको घोषणा गरेको हो ।

अमेरिकाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रतिबन्धको घोषणा गरेको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्नो मुलुकले श्रीलंकामा भएको गृहयुद्धको सत्यतथ्य पत्ता लगाउन र पीडितलाई न्याय दिलाउन जारी राख्ने बताएका छन् ।

यता श्रीलंकाले भने अमेरिकी कदमको कडा निन्दा गरेको छ । श्रीलंकाले अमेरिकी कदमलाई ‘एकपक्षीय’ भन्दै दुई मुलुकबीच कायम सम्बन्धमा प्रतिकूल प्रभाव पार्ने चेतावनी दिएको छ । ७० वर्षे करनानगोडा सन् २००५ देखि सन् २००७ सम्म श्रीलंकाली नौसेनाका कमाण्डर थिए ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  २ : १४ बजे

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६