वैशाख २७ देखि भीमनारायण कप « Khabarhub

वैशाख २७ देखि भीमनारायण कप


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

धनकुटा– यही वैशाख २७ गतेदेखि धनकुटाको तल्लो टुँडिखेलमा १५औँ सहिद भीमनारायण रनिङ फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक संस्था सहिद भीमनारायण स्मृति प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरेर प्रतियोगितको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । जेठ २ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल र भारतका आठ वटा फुटबल टोलीको सहभागिता रहने खेल संयोजक शम्भु प्रधानले जानकारी दिए ।

जिल्लाका सात स्थानीय तहको सहयोग तथा जगशक्ति स्टिलको मुख्य प्रयोजनमा सम्पन्न खेलका लागि रु ४१ लाख ५० हजार बराबरको आयोजकले खर्च सार्वजनिक गरेको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु पाँच लाखसहित रनिङ शिल्ड र उपविजेताले नगद रु दुई लाख ५० नगद पाउने प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले जानकारी दिए ।

विसं २०३२ मा विराटनगरमा राजा वीरेन्द्रलाई बम हानेको आरोपमा भीमनारायण श्रेष्ठलाई विसं २०३५ गोली हानी श्रेष्ठको हत्या गरिएको थियो ।

उनैको सम्झना र सम्मानमा २०५५ सालदेखि फुटबल प्रतियोगिता हुँदै आएको हो । यो प्रतियोगिता जिल्लाकै ठूलो धनराशी पुरस्कार भएको फुटबल प्रतियोगिता हो ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ९ : ३६ बजे

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ