प्रधानमन्त्री प्रचण्ड आज तीन कार्यक्रममा सहभागी हुने  « Khabarhub

प्रधानमन्त्री प्रचण्ड आज तीन कार्यक्रममा सहभागी हुने 


२० जेष्ठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारत भ्रमणको अन्तिम दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीन वटा कार्यक्रममा सहभागी हुने भएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्ड आज मध्याह्न १२ बजेसम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

शुक्रबार नयाँ दिल्लीबाट महाराष्ट्र पुगेका प्रधानमन्त्री प्रचण्डले शनिबार आज बिहान सुचना प्रविधि सम्बन्धी कार्यालयको अवलोकन भ्रमण गर्दैछन्। महाराष्ट्रस्थित टाटा कन्सेल्टेन्सी सर्भिसको भ्रमण गरे पछि सुचना प्रविधि सम्बन्धी विश्व प्रसिद्ध संस्था इन्फोसिसको भ्रमण र त्यसपछि स्पेशल इकोनोमजी जोनमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। इन्फोसिस बेलायती प्रधानमन्त्री ऋषि सुनकका ससुरा एन एन नारायण मूर्तिको अफिस हो।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल अपराह्न ४ बजे नेपाल एअरलाइन्सको  विमानमार्फत स्वदेश फर्कने छ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ६ : ३६ बजे

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)