प्रधानमन्त्री प्रचण्ड आज अपराह्न स्वदेश फर्कने « Khabarhub

प्रधानमन्त्री प्रचण्ड आज अपराह्न स्वदेश फर्कने


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कने भएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा गत जेठ १७ गते भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्ड आज अपराह्न ४ बजे स्वदेश फर्कन लागेका हुन्।

भारत भ्रमणको क्रममा पहिलो दिन प्रधानमन्त्री प्रचण्डले भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरे भने सोही दिन नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए।

भोलिपल्ट जेठ १८ गते प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। सोही दिन नेपाल–भारतका बिचमा ७ बुँदे सहमतिसमेत भएको थियो। मुख्यतः सो सहमतिमा नेपालको जलबिद्युत भारतमा निर्यात गर्ने विषयलाई प्राथमिकता दिएको थियो। भारतसँग भएको सहमति अनुसार १० वर्षमा भारतले १० हजार मेगावाट बिजुली खरिद गर्ने जनाएको छ। भारतीय प्रधानमन्त्रीले सीमा विवादका समाधान गर्ने जनाएका छन्।

पर्सिपल्ट हिजो शुक्रबार जेठ १९ गते महाराष्ट्रको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा उनी पुजाअर्चना गर्न पुगेका थिए। भारतका १२ ज्योर्तिलिङ मध्ये एक महाकालेश्वर मन्दिरमा पूजा अर्चना गरेका प्रचण्डले नेपालबाट लगिएको १०८ केजी रुद्राक्ष तथा ५१ हजार रुपैयाँ दान गरे।

उनले सो क्रममा मन्दिरभित्र पूजापाठसहित श्रीमती सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दै आरतीसमेत गरेका थिए। दिउँसो इन्दौर देवगुराडिया ट्रेचिङ ग्राउन्डमा स्थापित एसियाको सबैभन्दा ठुलो नेप्रा र सिएनजी प्लान्टको अवलोकन गरेका थिए।

आज जेठ २० गते बिहान महाराष्ट्रस्थित टाटा कन्सेल्टेन्सी सर्भिसको भ्रमण गरे पछि विज्ञान प्रविधिसम्बन्धी विश्व प्रसिद्ध संस्था इन्फोसिसको भ्रमण गर्ने र स्पेशल इकोनोमजी जोनको भ्रमणको तालिका छ। प्रधानमन्त्री प्रचण्डले मध्याह्न १२ बजे आफ्नो औपचारिक कार्यक्रम सम्पन्न गर्नेछन्।

उनी अपराह्न ४ बजे नेपाल एअरलाइन्सको विमानमार्फत मुम्बईबाट स्वदेश फर्कनेछन्।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ६ : ४६ बजे

क्यानडालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ – स्विट्जरल्यान्ड क्यानडालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को

हाइटीलाई ४-२ गोलले हराउँदै मोरक्को नकआउट चरणमा

काठमाडौँ – हाइटीको कडा चुनौतीलाई पन्छाउँदै मोरक्को फिफा विश्वकप २०२६

ह्याट्रिक गर्न चुके ब्राजिलका विनीसियस जुनियर

काठमाडौँ – स्टार फरवार्ड विनीसियस जुनियरको उत्कृष्ट प्रदर्शनको मद्दतले ब्राजिल

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित, अन्तिम ३२ को समीकरण रोचक

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६